२०८३ बैशाख ९
April 22, 2026, Wednesday

नेदरल्यान्ड्सलाई नेपालले दियो २३९ रनको कीर्तिमानी लक्ष्य

नेदरल्यान्ड्सलाई नेपालले दियो २३९ रनको कीर्तिमानी लक्ष्य

बैशाख ११, २०७८ कोशीपारी अनलाईन – काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि भिडन्तमा नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेदरल्यान्ड्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन जोड्यो। 

यो नेपालको टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सर्वाधिक स्कोर हो। यसअघि भुटानविरुद्ध काठमाडौंमा भएको साग गेममा बनाएको २३६ रन नेपालको उच्च स्कोर थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेल र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। भुर्तेलले ५३ बलमा ७७ रन जोड्नेक्रममा  ८ चौका र ३ छक्का हिर्काए। 

उनको नेपालका लागि चौथो अर्धशतक हो। उनी नेपालका लागि एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने। यस्तै कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै नटआउट ५० रन जोडे। उनले २४ बलमा २ चौका र ५ छक्कासहित अर्धसतक पुरा गरे।

अन्तिममा आक्रमक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले नटआउट ४८ रन जोडे। उनले मात्र १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई विशाल योगफलसम्म पुर्‍याए।

यसअघि कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोड्दा ओपनिङ ब्याट्सम्यान आशिफ शेखले १६ रनको योगदान दिए।

ज्ञानेन्द्रले १९ बलमा  ३ चौका र २ छक्का हिर्काए भने आशिफले ८ बलमा १ चौका र २ छक्का प्रहार गरे। 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख ११

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख ११

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख ११

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP