२०८२ फाल्गुन २५
March 9, 2026, Monday

आन्तरिक उडान संख्या कटौती गर्ने तयारी

आन्तरिक उडान संख्या कटौती गर्ने तयारी

वैशाख १०, २०७८

कोशीपारी अनलाईन संवाददाता काठमाडौँ ।

सरकारले आन्तरिक हवाई उडानको संख्या कटौती गर्ने तयारी गरेको छ ।

गत वर्षको लकडाउनपछि खुलेको आन्तरिक उडानको संख्या दिनप्रतिदिन बढेर विमानस्थलमा यात्रुको भीड बढेपछि सरकारले उडान संख्या कटौती गर्ने तयारी गरेको हो। 

आज शुक्रबारमात्र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२४ आन्तरिक उडानको तालिका स्वीकृत गरिएको छ। विमानस्थल कार्यलय प्रमुख प्रताप तिवारीका अनुसार यो उडान तालिका लकडाउन खुलेपछिको सबभन्दा धेरै हो।

कोरोनाको नयाँ प्रकार फैलिएसँगै दिनदिनै नेपालमा संक्रमण बढे पनि विमानस्थलबाट यात्रा गर्नेहरूको संख्यामा कुनै कमी आएको छैन। संक्रमण बढेपछि बसको तुलनामा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा हवाई यात्रा पर्न थालेको छ। 

डान बढ्दै गएर विमानस्थलमा थाम्‍नै नसकिने, कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आवश्यक एकआपसको दूरी कायम गर्न कठिन हुने भन्दै सरकारले उडान संख्या कटौतीको तयारी गरेको हो। 

अहिले भइरहेको उडानको ३० प्रतिशत संख्या कटौती गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले तयारी गरेका छन्। 

सम्बद्ध अधिकारीहरूकाअनुसार उडान कटौतीका लागि हवाई सेवा प्रदायकसँग छलफल भइरहेको छ। 

‘हामीले उडान कटौतीका लागि छलफल गरिरहेका छौं। यो निर्णय त सरकारले गर्छ तर सिफारिस हामीले गर्ने हो’ नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बद्ध एक अधिकारीले भने। 

एयरलाइन्सहरूले भने उडान कटौतीभन्दा पनि सुरक्षाका उपायामा कडाइ गर्नुपर्ने सुझाव दिँदै आएका छन्।

उनीहरूले सबभन्दा सुरक्षित यात्राको माध्यम हवाई भएकाले यसको संख्या कटौतीभन्दा पनि अरू उपाय अपनाउनुपर्ने उनीहरूको तर्क छ। 

‘उडान कटौती समाधान होइन। बन्द त झन् होइन। त्यसैले यसमा सकेसम्म सुरक्षित भएर उडान सञ्‍चालन गर्नुपर्छ। सुरक्षित उडान सञ्‍चालनका लागि के गर्नुपर्छ हामी तयार छौं,’ एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका प्रवक्ता योगराज कँडेलले सेतोपाटीसँग भने। 

तर प्राधिकरणले भने संक्रमण बढ्दै जाने र अर्कोतिर विमानस्थलमा भीड अनियन्त्रित हुँदै जाने हो भने सरकारले सबै उडान बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले अहिले नै उडानलाई व्यवस्थित गर्नुपर्ने बताउँदै आएको छ। 

२०७६ सालको चैत ११ गतेदेखि भएको लकडाउनले २०७७ सालको असोज चार गतेसम्म नियमित आन्तरिक हवाई उडान बन्द भएको थियो। २०७७ को असोज ५ मा खुलेको आन्तरिक उडानमा अहिलेसम्म एयरलाइन्सहरू पूर्ण क्षमतामा सञ्चालन हुँदै आएका छन्। कति एयरलाइन्सले त यो बीचमा कोरोना अघिको भन्दा पनि क्षमता बढाएका छन्। 

सुरक्षित उडानका लागि विमानस्थलमा यसअघि नै विभिन्न नियम लागू गरिएको छ। आन्तरिक उडानमा पनि स्वयम् घोषणा,मास्क,स्यानिटाइजर र फेससिल्ड अनिवार्य गरिएको छ। 

यी सबै उपाय अपनाए पनि काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलको क्षमता नै न्यून भएकाले धेरै यात्रुलाई सुरक्षित सेवा दिन कठिन हुने विमानस्थल कार्यालयले बताउँदै आएको छ। 

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP