२०८२ कार्तिक २३
November 9, 2025, Sunday

आन्तरिक उडान संख्या कटौती गर्ने तयारी

आन्तरिक उडान संख्या कटौती गर्ने तयारी

वैशाख १०, २०७८

कोशीपारी अनलाईन संवाददाता काठमाडौँ ।

सरकारले आन्तरिक हवाई उडानको संख्या कटौती गर्ने तयारी गरेको छ ।

गत वर्षको लकडाउनपछि खुलेको आन्तरिक उडानको संख्या दिनप्रतिदिन बढेर विमानस्थलमा यात्रुको भीड बढेपछि सरकारले उडान संख्या कटौती गर्ने तयारी गरेको हो। 

आज शुक्रबारमात्र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२४ आन्तरिक उडानको तालिका स्वीकृत गरिएको छ। विमानस्थल कार्यलय प्रमुख प्रताप तिवारीका अनुसार यो उडान तालिका लकडाउन खुलेपछिको सबभन्दा धेरै हो।

कोरोनाको नयाँ प्रकार फैलिएसँगै दिनदिनै नेपालमा संक्रमण बढे पनि विमानस्थलबाट यात्रा गर्नेहरूको संख्यामा कुनै कमी आएको छैन। संक्रमण बढेपछि बसको तुलनामा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा हवाई यात्रा पर्न थालेको छ। 

डान बढ्दै गएर विमानस्थलमा थाम्‍नै नसकिने, कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आवश्यक एकआपसको दूरी कायम गर्न कठिन हुने भन्दै सरकारले उडान संख्या कटौतीको तयारी गरेको हो। 

अहिले भइरहेको उडानको ३० प्रतिशत संख्या कटौती गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले तयारी गरेका छन्। 

सम्बद्ध अधिकारीहरूकाअनुसार उडान कटौतीका लागि हवाई सेवा प्रदायकसँग छलफल भइरहेको छ। 

‘हामीले उडान कटौतीका लागि छलफल गरिरहेका छौं। यो निर्णय त सरकारले गर्छ तर सिफारिस हामीले गर्ने हो’ नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बद्ध एक अधिकारीले भने। 

एयरलाइन्सहरूले भने उडान कटौतीभन्दा पनि सुरक्षाका उपायामा कडाइ गर्नुपर्ने सुझाव दिँदै आएका छन्।

उनीहरूले सबभन्दा सुरक्षित यात्राको माध्यम हवाई भएकाले यसको संख्या कटौतीभन्दा पनि अरू उपाय अपनाउनुपर्ने उनीहरूको तर्क छ। 

‘उडान कटौती समाधान होइन। बन्द त झन् होइन। त्यसैले यसमा सकेसम्म सुरक्षित भएर उडान सञ्‍चालन गर्नुपर्छ। सुरक्षित उडान सञ्‍चालनका लागि के गर्नुपर्छ हामी तयार छौं,’ एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका प्रवक्ता योगराज कँडेलले सेतोपाटीसँग भने। 

तर प्राधिकरणले भने संक्रमण बढ्दै जाने र अर्कोतिर विमानस्थलमा भीड अनियन्त्रित हुँदै जाने हो भने सरकारले सबै उडान बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले अहिले नै उडानलाई व्यवस्थित गर्नुपर्ने बताउँदै आएको छ। 

२०७६ सालको चैत ११ गतेदेखि भएको लकडाउनले २०७७ सालको असोज चार गतेसम्म नियमित आन्तरिक हवाई उडान बन्द भएको थियो। २०७७ को असोज ५ मा खुलेको आन्तरिक उडानमा अहिलेसम्म एयरलाइन्सहरू पूर्ण क्षमतामा सञ्चालन हुँदै आएका छन्। कति एयरलाइन्सले त यो बीचमा कोरोना अघिको भन्दा पनि क्षमता बढाएका छन्। 

सुरक्षित उडानका लागि विमानस्थलमा यसअघि नै विभिन्न नियम लागू गरिएको छ। आन्तरिक उडानमा पनि स्वयम् घोषणा,मास्क,स्यानिटाइजर र फेससिल्ड अनिवार्य गरिएको छ। 

यी सबै उपाय अपनाए पनि काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलको क्षमता नै न्यून भएकाले धेरै यात्रुलाई सुरक्षित सेवा दिन कठिन हुने विमानस्थल कार्यालयले बताउँदै आएको छ। 

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP