२०८३ बैशाख ३
April 16, 2026, Thursday

चट्याङबाट तीन जनाको मृत्यु, ४ घाइते

३ वैशाख, काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया रोहिता मगर र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीय खिमलाल कँडेल छन् । उनीहरुमध्ये दुईजना घरमै र कँडेल चाहिँ गोठमा जाँदै गरेका वेला चट्याङ्ले लागेको थियो । विपद व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणका अनुसार तेह्रथुममा १६ र १३ वर्षकी दुई बालिका, ताप्लेजुङमा ५० वर्षीया महिला र बाग्लुङमा एक ४५ वर्षीया महिला घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP