२०८३ बैशाख ९
April 22, 2026, Wednesday

मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने

मेलम्ची दिएबापत सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने

काठमाडौं । काठमाडौंबासीलाई मेलम्चीको पानी दिएबापत सिन्धुपाल्चोकले यसको लेबीबापत वार्षिक १५ करोड रुपैयाँ पाउने भएको छ । खानेपानी मन्त्रालयले प्रतिएक हजार लिटर पानीमा करिब दुई रुपैयाँ लेबी पाउने गरी परिपूरण नियमावली बनाएको छ । यो नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृत गर्ने क्रममा रहेको खानेपानी सचिव माधव बेलबासेले बताए ।

अर्थ मन्त्रालयबाट उक्त नियमावली स्वीकृत भएपछि प्रति क्यूबिक मिटर (एक हजार लिटर) पानीको औसत लेबी मूल्य दुई रुपैयाँका दरले मासिक एक करोड हुनेछ । योजना आयोगले मेलम्चीको पानी दिएबापत सिन्धुपाल्चोकमा पर्ने आर्थिक, वातावरणीय र सामाजिक प्रभावको मूल्यांकन गरी लेबी तय गरेको हो । योजना आयोगका लागि पूर्व अर्थ सचिव सुमनप्रसाद शर्माको संयोजकत्वमा समिति बनेको थियो । समितिमा सञ्जय अधिकारी, पवन लोहनी र राजीव जोशी थिए ।

संयोजक शर्माका अनुसार सुख्खायाममा धेरै लेबी प्राप्त हुने र वर्षायाममा कम हुने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले लागू गर्ने महसुल दरको २० प्रतिशतले हुने गरी लेबी तय गरिएको हो ।
समितिले मेलम्ची खोलाले हुने सिंचाइ, बाली विविधता, बाली सघनता, वातावरणमा पर्ने प्रभाव, सिन्धुपाल्चोकवासीको आर्थिक सामाजिक जीवनमा पर्ने प्रभावलगायतका पक्षलाई समेटेर अध्ययन गरिएको पूर्व सचिव शर्माले बताए । ‘सिजन अनुसारको प्रतिहजार लिटरको मूल्य तय गरिएको छ,’ शर्माले बुधबार इकागजसँग भने, ‘औसतमा १५ करोड रुपैयाँ सिन्धुपाल्चोकवासीलाई जान्छ ।’

लेबी बापत सिन्धुपाल्चोकले पाउने रकम बिना शर्त दिने भए पनि निश्चित रकम वातावरण संरक्षण कार्यमा खर्च गर्नुपर्ने प्रावधान नियमावलीले राखेको छ । खानेपानी सचिव बेलबासेका अनुसार परिपूरण नियमावलीअनुसार समिति बन्छ । समितिले विभिन्न मापदण्ड तय गरी सिन्धुपाल्चोकले पाउने लेबी औपचारिक रुपमा तय गर्ने नियमावलीमा उल्लेख छ ।

मेलम्ची खानेपानी विकास समितिले गत आइतबारदेखि उपत्यकामा परीक्षका रुपमा मेलम्चीको पानी उपभोक्तको घरधुरीमा वितरण थालेको छ । परीक्षणपश्चात् पूर्ण रुपमा पानी वितरण गर्न थालेपछि केयूकेएलको प्रणालीमा दैनिक १७ करोड लिटर पानी थप हुनेछ ।

हिउँदयाममा दैनिक १३ करोड लिटर खानेपानी वितरण गर्ने क्षमता रहेको केयूएकेएलमा मेलम्ची थपिएपछि ३० करोड लिटर पुगे पनि करिब ४० प्रतिशत चुहावट छ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । वर्षायाममा मेलम्चीबाहेक केयूकेएलको आपूर्ति क्षमता १६ करोड लिटर छ । हिउँदयाममा त्यो १३ करोड लिटरमा झर्छ ।

उपमेलम्ची आयोजनाले विच्छ्याएको दुई सय किलोमिटर वितरण पाइपमा भने १५ प्रतिशत चुहावट रहेको अनुमान छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP