२०८२ फाल्गुन २५
March 9, 2026, Monday

चरिकाेटमा रेडियाे नेपालकाे रिले स्टेशन स्थापना

चरिकाेटमा रेडियाे नेपालकाे रिले स्टेशन स्थापना

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले चरिकोटमा स्थापना भएको रेडियो नेपालको एफएम रिले स्टेशनले पहाडी जिल्लामा रेडियोको पहुँच विस्तारमा उल्लेख्य टेवा पुगेको बताउनुभएको छ ।दोलखा सदरमुकाम चरिकोटमा स्थापित रिले प्रसारण केन्द्रको आज उद्घाटन गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले दोलखामा हुँदै गरेको सञ्चारको विस्तारले त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो । मन्त्री गुरुङले दोलखामा राष्ट्रिय समाचार समिति (रासस) को समेत सम्पर्क कार्यालय स्थापना भएको र जिल्लालाई स्मार्ट जिल्ला घोषणा गरिएकाले त्यस क्षेत्रको विकासलाई प्राथमिकताका राखेर काम भइरहेको बताउनुभयो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले देशका हरेक भु–भागमा रेडियो नेपालको पहुँच पुर्‍याउनु पर्ने सरकारको नीति अनुरुप चरिकोटमा एफएम रिलेस्टेशन स्थापना गरिएको र यससँगै रेडियो नेपालको एफएम रिले केन्द्रको सङ्ख्या २४ वटा पुगेको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले आगामी दिनमा सहज प्रसारण पहुँच नरहेका देशका अन्य भुभागमा पनि रेडियो नेपालले एफएम रिलेस्टेशनहरु स्थापना गर्दै प्रसारण पहुँच बिस्तार गर्दै जाने पनि बताउनुभयो ।रेडियो नेपालका  ईन्जिनियरिंङ तर्पmका निर्देशक कृष्णचन्द्र पौडेलले ५०० वाट क्षमतामा हाल प्रसारण सुरु गरिएको रेडियो नेपालको चरिकोट स्थित एफएम रिले केन्द्रको क्षमता आगामी दिनमा अझ बढाइने बताउनुभयो ।

रेडियो नेपालले चरिकोटमा एफएम रिलेस्टेशन स्थापना गरेपछि १०० मेगाहर्जमा रेडियो नेपालको प्रसारण दोलखा जिल्लाका साथै आसपासका जिल्लाहरू रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सोलुखुम्बु र ओखलढुङ्गाका केही क्षेत्रमा समेत रेडियो नेपालको प्रसारण एफएममा सुन्न सकिने भएको त्यस क्षेत्रको भ्रमणमा रहनुभएका रेडियो नेपालका  मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा दोलखा जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, पत्रकारहरूलगायतको सहभागिता रहेको थियो ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP