२०८२ माघ ५
January 19, 2026, Monday

सांसद श्रेष्ठको प्रश्न : संसदलाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको ?

सांसद श्रेष्ठको प्रश्न : संसदलाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको ?

२३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको बताएकी हुन् ।

हाल प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ५५ विधेयक विचाराधीन रहेको र केही अध्यादेशहरु पनि रहेको भन्दै उनले यस्तो अवस्थामा पनि ती विधेयक संसदमा पेश नगरेको बताइन् । ‘सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरिहेको छ’ उनले भनिन्, ‘के को लागि सन्देश दिन खोजेको ?’

सांसद श्रेष्ठले संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने बताइन् । ‘अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ?’ उनले प्रश्न गरिन् ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP