२०८३ बैशाख ८
April 21, 2026, Tuesday

काभ्रे जिल्ला सहकारी संघको एक दिवसीय गोष्ठि सम्पन्न

काभ्रे जिल्ला सहकारी संघको एक दिवसीय गोष्ठि सम्पन्न

काभ्रे (बनेपा) – काभ्रे जिल्ला सहकारी संघको एक दिवसीय गोष्ठि सम्पन्न भएको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालमा कृषि समस्या समाधानका लागि सहकारीको भूमिका विषयक एक दिवसीय गोष्ठि बनेपामा सम्पन्न भएको हो ।

नेपाल सरकारका सचिव गोपिनाथ मैनालीको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठिमा जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न भएको हो । ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसर पारेर जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्था/संघहरुका माझ गोष्ठि सम्पन्न भएको हो ।

पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार विनोद पराजुली, पूर्व अध्यक्ष तथा सल्लाहाकार मुकुन्दप्रसाद दाहाल तथा विभिन्न विषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

२ सय ५० जना भन्दा बढी सहकारी अभियन्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी गोपिनाथ मैनालीले कृषि समस्या हालको अवस्था, उत्पादन समस्या, सम्भावना र कृषि क्षेत्रले गर्नसक्ने कार्य तथा कानूनी पक्षका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अब सहकारी संस्थाहरु आफै वा शेयरसदस्यहरुका लागि उत्पादनसँग जोडिएर हाम्रा आर्थिक, सामाजिक तथा साँसकृतिक पक्षहरुलाई सुदृढ बनाउन कार्यक्रममा सबैलाई उनले सुझाएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी स.घ लि.ले आ. व. २०७५/०७६ मा जिल्ला सहकारी संघ लि. मा उत्कृष्ट कार्य गरेका मध्ये उत्कृष्ट ३ वटा सहकारी संस्थालाई संरक्षित पूँजी फिर्ता कोष अन्तर्गतको रकम हस्तान्तरण समेत गरिएको थियो । उक्त संस्थाहरुमा सारथी बहुउद्देश्यीयय सहकारी संस्था लि. धुलिखेल , सामूदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती  र सेवानुङ बचत तथा ऋण सहकारी संस्था लि. लाई सम्मान सहित उक्त कोष बापतको रकम हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष दिलिप शर्माले उपस्थित सबैका हार्दिक आभार प्रकट गर्दै अब सहकारी संस्थाहरुले थारै मात्र भएपनि सदस्यहरुलाई उत्पादनमूलक कार्यहरुसँग जोड्न आग्रह गरेका थिए । आफ्ना वार्षिक साधारणसभा मार्फत आय आर्जन, जिविकोपार्जन र रोजगारीका क्षेत्रलाई फराकिलो बनाएर नीति योजना तथा कार्यक्रममा नै उत्पादनका पक्षहरुलाई पारित गरी अगाडि बढ्नु पर्नेमा उनले जोड जोड दिएका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP