२०८२ फाल्गुन २५
March 9, 2026, Monday

जेठदेखि ट्रायल दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाइने, सानो गल्तीले फेल नहुने

जेठदेखि ट्रायल दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाइने, सानो गल्तीले फेल नहुने

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाइने भएको छ । 

यातायात व्यवस्था विभागले प्रस्ताव गरेको सवारीसाधन अनुमतिपत्र कार्यविधि २०७७ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अनुमोदन गरेसँगै १ जेठदेखि यो नियम लागू हुने भएको हो । 

यसअघि सर्वसाधारणले ट्रायल सेन्टरले तोकेको सवारीसाधनले ट्रायल दिनुपर्ने व्यवस्था थियो । ट्रायल सेन्टरले तोकेको सवारीसाधनमा यान्त्रिक गडबडीका कारण ट्रायल फेल हुने गरेको धेरै गुनासो आउने गरेको थियो । 

विभागले यसका लागि केही नियम भने बनाएको छ । ट्रायल दिने मोटरसाइकल वा स्कुटर पेट्रोलबाट चल्ने इन्जिन क्षमता कम्तीमा ९५ सीसी हुनुपर्नेछ । यसको ह्विल बेस १ हजार २ सय मिलिमिटरको हुनुपर्नेछ । 

मोटरसाइकल मात्रको हकमा म्यानुअल ट्रान्समिसन, हिल होल्ड, हिल असिस्ट वा समान प्रकारको उपकरण हुनुपर्नेछ । त्यसैगरी, म्याद नसकिएको सवारी दर्ता प्रमाण पत्र र म्याद नसकिएको तेस्रो पक्ष बीमा अनिवार्य हुनुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।

त्यस्तै कार, जीप, भ्यानको हकमा पेट्रोल, डिजेल र ग्यासबाट चल्ने इन्जिन क्षमता कम्तीमा ७५० सीसीको हुनुपर्ने छ भने गाडीको बेस २ हजार ३ सय  मिलिमिटर अनिवार्य हुनुपर्नेछ। 

सानो गल्तीले ट्रायल फेल नहुने 

सावारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा ट्रायल सहज बनाइएको छ । पहिलेको ट्रायलको कुनै पनि चरणमा सानो मात्रै गल्ती भएपनि फेल हुने नियम हटाइएको छ । हाल ७ चरणमा निश्चत अंक राखेर १०० पूर्णाङ्क  बनाई ७० ल्याउनेलाई पास गराइने भुसालले जानकारी दिए । 

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७७ चैत्र १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७७ चैत्र १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७७ चैत्र १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP