२०८२ चैत्र ३
March 17, 2026, Tuesday

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो

कोशीपारी अनलाइन
चैत्र २, काठमाण्डौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो ।

अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिका कारण बाध्यतावश मूल्य बढाउनु परेको हो। यसबाट उपभोक्तामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको हो ।

Related News

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ
  • २०८२ चैत्र २

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा...

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
  • २०८२ चैत्र २

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

रास्वपाको सचिवालय बैठक आज बस्ने
रास्वपाको सचिवालय बैठक आज बस्ने
  • २०८२ चैत्र २

कोशीपारी अनलाइन चैत्र १, काठमाण्डौं काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज...

TOP