२०८२ चैत्र ३
March 17, 2026, Tuesday

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ

कोशीपारी अनलाइन
चैत्र २, काठमाण्डौं

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग, अशिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Related News

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
  • २०८२ चैत्र २

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने...

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
  • २०८२ चैत्र २

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

रास्वपाको सचिवालय बैठक आज बस्ने
रास्वपाको सचिवालय बैठक आज बस्ने
  • २०८२ चैत्र २

कोशीपारी अनलाइन चैत्र १, काठमाण्डौं काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज...

TOP