२०८२ फाल्गुन २५
March 9, 2026, Monday

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु

कोशीपारी अनलाइन संवाददाता
कात्तिक १९, काठमाण्डौं

सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यीएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा सञ्चालन गरिएको यस तालिमले स्थानीय युवाहरूलाई कफीका विभिन्न परिकारको व्यावसायिक ज्ञान र सिप सिकाउने आयोजकले जानकारी गराएको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष तेजबहादुर गिरीले भने, ‘नेपाल पर्यटन बोर्ड र यूएनडीपीले दिएको सहयोग अत्यन्त सराहनीय छ । यस किसिमका तालिमहरूले स्थानीय युवालाई दक्ष बनाएर होटल व्यवसाय र पर्यटन विकासमा ठोस योगदान पु¥याउनेछन् ।’
संघका महासचिव कृष्ण पराजुलीले बरिष्टा तालिमलाई दीगो रोजगार र आत्मनिर्भर अर्थतन्त्रतर्फको कदमका रूपमा व्याख्या गर्दै सहभागीहरूलाई लगनशीलताका साथ सिप सिक्न आग्रह गरे ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले २५ दिने तालिमले सिप हासिल र क्षमतावृद्धिमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘आफूले सिकेको सिपले होटल व्यवसाय र पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ भन्नेमा म विश्वस्त छु ।’
त्यस्तै, इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाले बरिष्टा तालिमले स्थानीय युवालाई उद्यमशीलता र दीगो पर्यटन विकासमा अग्रसर गराउने बताए । उनले भने, ‘हाल कफी संस्कृतिको माग बढ्दो छ । यसलाई व्यवसायिक रूपमा विस्तार गर्न यस्ता तालिमहरू महत्त्वपूर्ण आधार बन्नेछन् ।’
२५ दिनसम्म चल्ने यो तालिममा सहभागीहरूले कफीका सम्पूर्ण परिकारहरूको तयारी, प्रस्तुति, र सेवाका व्यावसायिक पक्ष सिक्नेछन् । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अनुसार, यस्तो सिपमूलक तालिमले स्थानीय रोजगार सिर्जना र पर्यटन क्षेत्रको समग्र गुणस्तर सुधारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ कार्तिक १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ कार्तिक १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ कार्तिक १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP