२०८२ कार्तिक २८
November 14, 2025, Friday

कांग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत

कांग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत

कोशीपारी अनलाइन
कात्तिक १८, काठमाण्डौं

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिवेशनका लागि दुई वटा प्रस्ताव आएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
मंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगन थापाले र सहमहामन्त्री महेन्द्र यादवले आफ्नो व्यक्तिगत तर्फबाट अधिवेशनका लागि प्रस्तावहरु आएको बताएका हुन् ।
उनले भने, ‘आज केन्द्रिय समितिको बैठकमा व्यक्तिगतरुपमा दुई वटा प्रस्ताव अगाडि आए तपाईंहरुलाई थाहा छ । महामन्त्री गगन थापाले निर्वाचन अगाडि अधिवेशन गर्न सकिने प्रस्ताव उहाँले ल्याउनु भएको छ भने सहमहामन्त्री महेन्द्र यादवले पनि यो निर्वाचन र अधिवेशन सँग–सँगै लादा अप्ठ्यारो पर्छ समय पनि हामीलाई पुग्दैन । क्रियाशिल सदस्य अगाडि पुग्यौँ र वडादेखिको अधिवेशन चै चैतबाट सुरु गरेर बैशाख भित्रै सकौँ भन्ने उहाँहरुको प्रस्ताव थियो।’
नेता महतले चासो र चिन्ताका विषय, राष्ट्रिय मुद्धा धेरै भएपनि बैठकमा अधिवेशनका कुराले ज्यादा प्राथमिकता पाइरहेको बताए ।
उनले बैठकमा अझै फरक किसिमको प्रस्ताव आउन सक्ने भन्दै छलफलबाट साझा निश्कर्ष निकाल्न सक्ने बताए ।
‘हामी साझा निश्कर्षमा अझै पनि निचोड निकाल्न सक्छाँै, सर्वसहमतीका साथ निकाल्न सक्छाँै भन्ने लागेको छ । अब छलफल जारी छ अहिले यसै भन्न सकिन्छ तर हाम्रो कोशिष त्यही हुन्छ,’ उनले भने ।
आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा राखेका थिए ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ कार्तिक १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ कार्तिक १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ कार्तिक १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP