२०८२ फाल्गुन २५
March 9, 2026, Monday

हेटौंडामा भव्य तयारीसहित छठ पर्व मनाइँदै, करिब ६० हजार भक्तजन उपस्थितिको अनुमान

हेटौंडामा भव्य तयारीसहित छठ पर्व मनाइँदै, करिब ६० हजार भक्तजन उपस्थितिको अनुमान


पेन्जु लामा कोशीपारी अनलाइन संवाददाता

कात्तिक १०, हेटौंडा

धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्व आज तराईका विभिन्न जिल्ला सहित पहाडी क्षेत्रमा पनि श्रद्धा र उत्साहका साथ मनाइँदैछ । तराईको यो प्रमुख पर्व अब सबै समुदायले साझा उत्सवका रूपमा मनाउन थालेका छन् ।
हेटौंडामा विगत ३५ वर्षदेखि निरन्तर रूपमा छठ पर्व मनाउने परम्परा रहेको छ । यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको किनारमा भव्य तयारी गरिएको छ ।
आयोजक संयुक्त मधेशी समाज मकवानपुरका सचिव नन्दलाल दासका अनुसार करिब ६५० फिट लम्बाइ र २० फिट चौडाइको विशाल पण्डाल निर्माण गरिएको छ । साथै, २५ वटा व्यवसायिक स्टल पनि स्थापना गरिएको छ । पूजास्थलको मध्य भागमा छठी माताको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
भक्तजनहरूको सहज प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ भने पूजास्थलमा विद्युतिकरण कार्य तीव्र रूपमा जारी छ । बालबालिकाका लागि विशेष फन पार्कको व्यवस्था पनि गरिएको छ ।
यस वर्ष ५० देखि ६० हजार भक्तजन तथा अवलोकनकर्ताहरू सहभागी हुने अनुमान गरिएको छ । रातभर जाग्राम बस्ने भक्तजन र सुरक्षाकर्मीहरूको सहजताका लागि आयोजकले निःशुल्क चियापानको व्यवस्था समेत गरेको छ ।
छठ पर्वले तराई र पहाडबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै आएको सचिव दासले बताए । उनका अनुसार, सन्तान प्राप्ति र सन्तानको सुख–समृद्धिको कामनासहित मनाइने यो पर्व प्रकृति पूजासँग पनि जोडिएको छ ।
यस वर्षको छठ पूजाका लागि कुल अनुमानित खर्च १२ लाख रुपैयाँ रहेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ सहयोग प्रदान गरिने भएको छ । बाँकी खर्च चन्दा संकलन र भक्तजनहरूले अर्पण गर्ने भेटीबाट जुटाइने आयोजकको भनाइ छ ।
सूर्यदेवको आराधनासँग सम्बन्धित यो चार दिवसीय पर्व ‘नहाय–खाय’ बाट सुरु भई दोस्रो दिन ‘खरना’ मनाइन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व विधिवत् रूपमा समापन हुन्छ । छठ पर्वले धार्मिक आस्था मात्र होइन, सांस्कृतिक सहअस्तित्व र एकताको सन्देश पनि दिएको छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ कार्तिक १०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP