कोशीपारी अनलाइन संवाददाता
कात्तिक ६, काठमाण्डौं
रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिकामा युवाहरूको सक्रियतामा ‘उज्यालो वडा अभियान’ सुरु गरिएको छ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पहलमा नगरका विभिन्न वडामा अहिलेसम्म २ सय ५ भन्दा बढी सडक बत्ती जडान गरिएको छ ।
पार्टीका नगर सचिव कैलाश ढुङ्गेलका अनुसार सडक बत्ती जडानका लागि आवश्यक सबै सामग्री स्थानीय स्तरमै सहयोग सङ्कलन गरेर जुटाइएको हो । ‘सरकारी निकायको बजेटको भर नपरी युवाहरूले आफैँ योगदान गरेर गाउँ उज्यालो बनाउने अभियान चलाएका हुन्,’ उनले भने ।
ढुङ्गेलका अनुसार हालको वडा नं १० अन्तर्गत साबिक १३, १५, १६, १७ र १८ नम्बर वडामा पर्ने भडार, कोरुङ खोला, सरकारी टोल, जहान टोल हुँदै दोभानसम्म र रानीचुरीका मुख्य सडक पोलमा बत्ती जडानको योजना बनाएर काम सुरु भएको हो । क्षेत्रमा बत्ती जडानको काम बाँकी रहेकाले ती क्षेत्रमा तिहारपछि काम सुरु गरिने तयारी भएको छ ।
तिहारमा उज्यालो बत्ती जोडिएपछि स्थानीय बासिन्दा पनि यस अभियानप्रति उत्साहित भएका छन् । उनीहरूका अनुसार बत्ती जडानपछि रातको समयमा आवतजावत सहज बनेको छ र सुरक्षामा पनि सुधार आएको छ ।
कमलामाई नगरका विभिन्न टोल र बजार क्षेत्रमा सुरु भएको यो ‘उज्यालो वडा अभियान’ले स्थानीय स्तरमा राजनीतिक संगठन र समुदायबीचको सहकार्यको नयाँ उदाहरण स्थापित गरेको देखिन्छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...