२०८२ फाल्गुन २५
March 9, 2026, Monday

युवाको पहलमा कमलामाईको सडकमा २ सय ५ सडक बत्ती जडान

युवाको पहलमा कमलामाईको सडकमा २ सय ५ सडक बत्ती जडान

कोशीपारी अनलाइन संवाददाता
कात्तिक ६, काठमाण्डौं

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिकामा युवाहरूको सक्रियतामा ‘उज्यालो वडा अभियान’ सुरु गरिएको छ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पहलमा नगरका विभिन्न वडामा अहिलेसम्म २ सय ५ भन्दा बढी सडक बत्ती जडान गरिएको छ ।
पार्टीका नगर सचिव कैलाश ढुङ्गेलका अनुसार सडक बत्ती जडानका लागि आवश्यक सबै सामग्री स्थानीय स्तरमै सहयोग सङ्कलन गरेर जुटाइएको हो । ‘सरकारी निकायको बजेटको भर नपरी युवाहरूले आफैँ योगदान गरेर गाउँ उज्यालो बनाउने अभियान चलाएका हुन्,’ उनले भने ।
ढुङ्गेलका अनुसार हालको वडा नं १० अन्तर्गत साबिक १३, १५, १६, १७ र १८ नम्बर वडामा पर्ने भडार, कोरुङ खोला, सरकारी टोल, जहान टोल हुँदै दोभानसम्म र रानीचुरीका मुख्य सडक पोलमा बत्ती जडानको योजना बनाएर काम सुरु भएको हो । क्षेत्रमा बत्ती जडानको काम बाँकी रहेकाले ती क्षेत्रमा तिहारपछि काम सुरु गरिने तयारी भएको छ ।
तिहारमा उज्यालो बत्ती जोडिएपछि स्थानीय बासिन्दा पनि यस अभियानप्रति उत्साहित भएका छन् । उनीहरूका अनुसार बत्ती जडानपछि रातको समयमा आवतजावत सहज बनेको छ र सुरक्षामा पनि सुधार आएको छ ।
कमलामाई नगरका विभिन्न टोल र बजार क्षेत्रमा सुरु भएको यो ‘उज्यालो वडा अभियान’ले स्थानीय स्तरमा राजनीतिक संगठन र समुदायबीचको सहकार्यको नयाँ उदाहरण स्थापित गरेको देखिन्छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ कार्तिक ६

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ कार्तिक ६

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ कार्तिक ६

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP