कोशीपारी अनलाइन
कात्तिक ४, काठमाण्डौं
नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको बताएका छन् ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो आशंका बलियो बनाएको बताए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार राजनीतिक दलले सरकारविरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ भन्ने गैर–जिम्मेवार धारणा सार्वजनिक गरेर यो सरकारले शान्ति सुरक्षा कायम गर्न र निर्वाचन सम्पन्न गराउन असक्षम छ भन्ने शंका बढेको पनि उनले बताए ।
जेन–जी आन्दोलनका क्रममा भगाइएका कैदी र लुटिएका हतियारलाई नियन्त्रणमा लिन तत्काल सुरक्षा निकायलाई परिचालन गर्नुको सट्टा अराजकता मच्चाउने, आगजनी गर्ने र लुटपाट गर्नलाई कारबाही नगर्न प्रहरीलाई दबाब दिने गृहमन्त्रीको व्यवहारले उनकै विरुद्ध धेरै प्रश्नहरू खडा भएको पनि उनको भनाई छ ।
उनले हालका गृहमन्त्रीले बारम्बार आफैँ अराजक अभिव्यक्ति दिंदै, हिंसा भड्काउने र समाजलाई उत्तेजित पार्ने खालका भाषण गरेर निर्वाचनको वातावरण बिगारिरहेका भन्दै उनको गतिविधिले निर्वाचनमा शान्ति–सुरक्षाको व्यवस्था गर्न सक्दैन र यो सरकार फागुन २१ मा निर्वाचन गर्ने तयारीमा छैन भन्ने संकेत दिएको पनि बताए ।
डर–त्रासको अन्त्य गर्ने, भयरहित वातावरण सिर्जना गर्ने र कानूनी राज्यको पालना गर्नुको सट्टा उल्टै धम्कीको भाषा बोल्दै हिड्ने गृहमन्त्रीको अराजक शैलीले राष्ट्रिय एकतामाथि आघात पुर्याएको छ र सामाजिक सद्भावमा खलबलको अवस्था सिर्जना गरेको र गृहमन्त्रीको महत्वपुर्ण जिम्मेवारिमा बसेर एथेन्टिक सुचना बिना नेताहरु भागे भनेर भ्रामक हावा समाचार फैलाउदै हिड्नु उनको अफवा को खेति हो भन्ने पुस्टि भएको पनि उनको भनाई छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...