२०८२ कार्तिक २१
November 7, 2025, Friday

विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै

विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै

कोशीपारी अनलाइन संवाददाता
कात्तिक ४, काठमाण्डौं

इजरायल–हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने भएको हो ।
राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)सागर बोहराले जानकारी दिए ।
विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने उनले जानकारी दिए ।
इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका हुन् ।
इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोलीसहित जोशीको शव काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०८२ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०८२ कार्तिक ४

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP