२०८२ फाल्गुन २९
March 13, 2026, Friday

विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै

विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै

कोशीपारी अनलाइन संवाददाता
कात्तिक ४, काठमाण्डौं

इजरायल–हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने भएको हो ।
राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)सागर बोहराले जानकारी दिए ।
विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने उनले जानकारी दिए ।
इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका हुन् ।
इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोलीसहित जोशीको शव काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ कार्तिक ४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ कार्तिक ४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ कार्तिक ४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP