२०८२ फाल्गुन २९
March 13, 2026, Friday

प्रधानमन्त्री कार्कीद्वारा दीपावली तथा चाडपर्वका अवसरमा शुभकामना सन्देश : ‘नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ’

प्रधानमन्त्री कार्कीद्वारा दीपावली तथा चाडपर्वका अवसरमा शुभकामना सन्देश : ‘नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ’

कोशीपारी अनलाइन संवाददाता
कात्तिक ३, काठमाण्डौं

प्रधानमन्त्री सुशीला कार्कीले दीपावली, म्ह पूजा, नेपाल संवत ११४६, छठ लगायत चाडपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश दिएकी छिन् । यमपञ्चक आरम्भसँगै आउने यी पर्वहरू उज्यालो, आशा र समृद्धिका प्रतीक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी हुन् ।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले चाडपर्वहरूलाई अन्धकारमाथिको उज्यालो, निराशामाथिको आशा र अन्यायमाथिको न्यायको विजयका रूपमा व्याख्या गरेकी छन् । उनले भनिन्, ‘यी पर्वहरूले हामीलाई एकताको सन्देश दिन्छन् र परिवर्तनप्रति जनआकांक्षा अझ बलियो बनाउँछन् ।’
भदौमा भएको जेनजी आन्दोलनले सरकारलाई दिएको जनसमर्थनप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणप्रति प्रतिबद्धता जनाएकी छिन् ।
सन्देशमा उनले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने सरकारको स्पष्ट प्राथमिकता रहेको उल्लेख गरिन् । साथै, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने, आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने र छ महिनाभित्र स्थिर सरकार दिनका लागि वातावरण निर्माणमा सरकार दृढ रहेको बताइन् ।
राजनीतिक संवाद र सुरक्षा व्यवस्थाको सुधार सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई कुनै पनि भ्रममा नपरी राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि अगाडि बढ्न आह्वान गरेकी छन् । ‘हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ लाग्नुपर्छ,’ सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री कार्कीले यस चाडपर्वले सबैमा सकारात्मक ऊर्जा र प्रेरणा जगाउने विश्वास व्यक्त गरेकी छन् ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ कार्तिक ३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ कार्तिक ३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ कार्तिक ३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP