२०८३ बैशाख ९
April 22, 2026, Wednesday

जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु : मन्त्री खरेल

जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु : मन्त्री खरेल

कोशीपारी अनलाइन संवाददाता
असोज ३०, काठमाण्डौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन् ।
बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले मन्त्री पदमा बसेको समयमा जानेर–बुझेर नियतबस कुनै खराब काम नगर्ने भन्दै जस्तो आएको त्यस्तै जान पनि तयार भएको बताए ।
काम नै नगरेपनि कुनै काम बिगारेको दाग लिएर नजाने पनि उनको भनाई छ ।
उनले भने, ‘जिन्दगीको नयाँ मोडमा आएको छु । विशेष परिस्थितीमा विशेष भूमिकामा आउनुपरेको छ । यति चाहीं भन्न चाहन्छु–कति गर्न सकिएला पाँच महिना माथिको अवधिमा त्यो त थाहा छैन् । तर तपाईहरुलाई साक्षी राखेर भन्छु जानेर–बुझेर नियतबस खराब केही गर्ने छैन् । बरु जस्तो गएको त्यस्तै फर्किने छु । कति गरिस्, कति गरिनस् हिसावकिताव समय गर्ला । तर यति बिगारेर आएर निधारमा लगाएको दागको छिट्टा पर्यो भन्ने अवस्था आउन दिन्न । यो सम्मान ग्रहण गरि राख्दा त्यसको गरिमा राख्ने म प्रयास गर्नेछु ।’
यस्तै, उनले कार्यक्रममा उपस्थित श्रष्टाहरुको अगाडि आफू उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले नयाँ भएको भन्दै श्रष्टाहरुले देखाएको बाटोमा सँधै हिड्न तयार रहेको बताए ।
उनले भने, ‘श्रष्टाहरुको सक्रियताले सधैँ उर्जा दिन्छ । हामीले उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले तपाईहरुभन्दा नयाँ छौ सिक्दै छौ । त्यसैले यो देशको समृद्धिको लागि साहित्य, कला, संस्कृतिको जर्गेनाको लागि मौलिकतालाई जोगाउने अभियानको लागि जे जसरी यहाँहरु अहोरात्र खटेर लागिराख्नु भएको छ यसले नतमस्तक बनाएको छ । त्यसैले तपाईहरुले डोहोर्याएको बाटोमा सँधै हिड्न सकौं ।’

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP