२०८२ मंसिर १९
December 5, 2025, Friday

यस वर्ष तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने

यस वर्ष तिहार लक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने

कोशीपारी अनलाइन संवाददाता
असोज २८, काठमाण्डौं

नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ ।
सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो ।
राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।
महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ ।
खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर जान महाशाखाले अनुरोध गरेको छ ।

Related News

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौ नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका...

TOP