२०८२ फाल्गुन २५
March 9, 2026, Monday

प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ : मन्त्री घिसिङ

प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ : मन्त्री घिसिङ

कोशीपारी अनलाइन संवाददाता
असोज २८, काठमाण्डौं

भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र शहरी विकासमन्त्री कुलमान घिसिङ्ले प्रकोपहरुको जोखिम व्यवस्थापनमा मुख्य कुरा पानीको स्रोतको व्यवस्थापन रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विपद् जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहने बताए ।
उनले भने, ‘प्राकृतिक प्रकोप एंव विपद् आउनु भन्दा अगाडि नै त्यसका समाधानहरु के के हुन सक्छन्, त्यसको खतरा कम गर्ने उपायहरु के–के हुनसक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन भनेको पानीको स्रोतको व्यवस्थापन हो । यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहन्छ । नदी प्रणालीलाई व्यवस्थापन गर्नुपर्ने थियो त्यो भएन् ।’
यस्तै, उनले गाँउमा सबै स्थानमा सडक पुगेपनि एकदिनको वर्षाले सबै ध्वस्त भएको भन्दै पूर्वाधार व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको बताए ।
उनले भने, ‘अहिले सबै गाँउमा रोड पुगेको छ तर तिर रोडहरु एकदिनको वर्षाले ध्वस्त भएको छ । केन्द्र सरकारले हाइवे हेर्ने भन्छ त्यसको पनि केही बाँकी छैन् सबै बनाउनु पर्छ । स्थानीय र प्रदेश सरकारले बनाएका रोडको पनि नाम निसान नै छैन् । कहिले बनाउने के गर्ने यो कुरा महत्वपूर्ण छ । खानेपानीको अवस्था उस्तै छ । त्यसैले पूर्वाधारको व्यवस्थापन पनि एकदमै चुनौती पूर्ण देखिएको छ ।’
घरहरु कहाँ बनाउने, बस्ती कहाँ राख्ने भन्ने अध्ययन गरेर नक्सा बनाउनुपर्ने भन्दै एकदमै खतरा भएको स्थानको बस्तीलाई हटाउनुपर्ने उनको भनाई छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP