२०८२ फाल्गुन २५
March 9, 2026, Monday

नेविसंघले गरे नेताहरुको सम्पत्ति सार्वजनिक र बालेललगायतलाई कारवाहीको माग

नेविसंघले गरे नेताहरुको सम्पत्ति सार्वजनिक र बालेललगायतलाई कारवाहीको माग

कोशीपारी अनलाइन संवाददाता
असोज २७, काठमाण्डौं

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टीका इकाइ सभापतिदेखि लिएर केन्द्रीय सभापतिसम्मको सम्पत्तिको अध्यावधिक विवरण सार्वजनिक गर्नुपर्ने माग गर्ने भएको छ ।
गत असोज २५ गते प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले इकाइ सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारीदेखि पार्टी सभापतिसम्मको सम्पत्तिको अध्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने माग पार्टीसमक्ष गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।
‘पार्टीलाई भ्रष्टाचार र बेथितिबाट मुक्त गर्दै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने उद्देश्यका साथ पार्टीका एकाइ सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारी तथा केन्द्रीय सभापतिसम्म सबैको सम्पत्तिको अध्यावधिक विवरण पार्टीले प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्बन गर्न पार्टीसमक्ष औपचारिक माग गर्ने।’ निर्णयमा भनिएको छ ।
त्यस्तै, नेविसंघले जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथितिविरुद्धको आवाजलाई संस्थागत रुपले अगाडि बढाउने, नेविसंघले सरकारी प्रशासनिक, न्यायीक र राजनीतिक निकायहरुमा पारदर्शिता, जवाफदेहिता र सुशासनको सिद्धान्तलाई सुदृढ गर्न खबरदारी अभियानलाई थप सशक्त ढंगले निरन्तरता दिनेलगायतको निर्णय गरेको छ ।
त्यसैगरी, अख्तियारलाई थप सक्षम, निष्पक्ष, पारदर्शी, दलीय भागबण्डाबाट पूर्णरुपमा मुक्त र स्वतन्त्र रुपमा कार्य गर्न सक्ने शक्तिशाली स्वयत्त, एवं स्वचालित आयोगको रुपमा रुपान्तरण गर्न सरोकारवाला निकायसमक्ष माग गर्ने निर्णय पनि भएको छ । भ्रष्टाचार नियन्त्रणलाई थप प्रभावकारी बनाउन विद्यमान कानून संशोधनको समेत माग गरिएको छ ।

नेविसंघले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा घुसपैठ गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने, काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहलगायत सम्पूर्णमाथि आवश्यक छानविन गरी कडाभन्दा कडा सजाय हुनुपर्ने निष्कर्ष निकालेको छ ।
‘जेन–जी आन्दोलनमा घुसपैठ गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने र टिप्पणी गर्ने काठमाडौं महानगरपालिकाका नगरप्रमुखलगायत सम्पूर्णमाथि आवश्यक छानविन गरी कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्ने निष्कर्षसहित सिंहदरबार, प्रतिनिधिसभा, सर्वोच्च अदालत, व्यवसायिक भवनजस्ता सार्वजनिक र निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटजस्ता फौजदारी कुसुरजन्य अपराधमा संलग्नविरुद्ध अविलम्ब नेपालको कानूनी व्यवस्थाअनुसार निष्पक्ष अनुसन्धान र कारबाही अगाडि बढाउन सरकारसमक्ष माग गर्ने’ निर्णयमा भनिएको छ ।
नेविसंघले भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा सरकारद्वारा बर्बर दमन भएको विषयका सम्बन्धमा तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री, गृह प्रशासनको विभिन्न तहको नेतृत्वमा रहेका प्रशासकमाथि निष्पक्ष छानविन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न मानवअधिकार आयोगसमक्ष माग गर्ने निर्णय पनि गरेको छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP