२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

आंकाक्षा धामी / कोशीपारी अनलाइन संवाददाता
असोज २७, काठमाण्डौं

जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ ।
भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा निर्वाचन गराइछाड्ने अठोट समेत लिएकी छन् । यता, निर्वाचन आयोगले पनि घोषित प्रतिनिधिसभाको चुनावसम्बन्धी कार्यतालिका सार्वजनिक गरेर काम थालेको जनाएको छ ।
अध्यादेशमार्फत्‌‌ ऐनमा संशोधन गरिएपछि आयोगले अहिले मतदाता नामावली सङ्कलन गरिरहेको छ । चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन गर्न नपाइने व्यवस्थामा परिवर्तन गरी अध्यादेश ल्याइएको थियो ।
कार्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन जारी रहने आयोगले जनाएको छ । विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुगेका नागरिक मतदान गर्न पाउने छन्। निर्वाचनको तालिका नै तयार भएर काम सुरु भएपनि मुख्य दलहरुसँग सरकारले संवाद सुरु नगर्दा संशय पैदा भएको छ ।
नयाँ मतदाता नामावली सूचिमा आफ्नो नाम दर्ता गराउन निर्वाचन आयोगको सम्बन्धित कार्यालयहरुमा छिटपुट मात्र युवाहरुको उपस्थिति देखिन्छ । चुनाव हुने वा नहुने अन्योलमा रहेकाले आयोगका कार्यालयहरुमा नयाँ नाम दर्ता गराउनेहरुको उल्लेख्य उपस्थिति देखिदैन् ।
अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने भएपनि त्यसपछिको प्रक्रियाका लागि कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिनका लागि युवाहरुको उपस्थिति उल्लेख्य देखिएको छैन् ।
आइतबार ललितपुरस्थित निर्वाचन आयोगको कार्यालयमा नेपाल न्यूज बैंकको टोली पुग्दा न्यून संख्यामा मात्र युवाहरु नाम दर्ताका लागि उपस्थित थिए । त्यसमध्येका नाम दर्ता गराउन पुगेका खोटाङका मिसन कार्की निर्वाचन हुनेमा विश्वस्त छन् ।
‘मेरो घर खोटाङ हो । वायोमेट्रिकका लागि आएको छु । पहिलो पटक भोट दिने तयारीमा छु । निर्वाचन हुन्छ भन्ने कुरामा विश्वस्त छु र हुनुपनि पर्छ,’ उनले भने ।
जेनजी आन्दोलनको उपलब्धी पनि निर्वाचन गराउनु भएको भन्दै उनले भने, ‘अब देशको नेतृत्व भिजनरि भएको जेनजी नै आउनु पर्छ ं। विदेशमा बस्ने नेपालीहरुले भोट हाल्न पाउनुपर्छ । त्यसका लागि आबश्यक कागजात मिलाउनुपर्छ । सबै कागजात मिल्यो भने सबेैले भोट हाल्न पाउँछन् । मतको सही सदुपयोग हुनुपर्छ । त्यसका लागि हामी गाउँ गाउँमा गएर सबैलाइ सचेत बनाउनसक्नुपर्छ । परिवर्तनको सुरुवात हामी बाटै हुनुपर्छ । जेनजी अगाडि आउनुपर्छ ।’
पहिलो पटक नाम दर्ता गराउन पुगेका पाटनका विशेष जोशी निर्वाचन हुनेमा विश्वस्त छन् । उनी अबको नेतृत्व युवा पुस्ताले नै लिनुपर्नेमा जोड दिन्छन् । ‘अबको नेतृत्व भनेको युवा पुस्ताले लिनुपर्छ । भ्रष्टाचार रोक्नुपर्छ । राम्रो मान्छे अगाडि आउनुपर्छ ।’

Related News

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

TOP