२०८२ फाल्गुन ४
February 16, 2026, Monday

बिहान–बेलुका चिसो, दिउसो गर्मी

बिहान–बेलुका चिसो, दिउसो गर्मी

कोशीपारी अनलाइन संवाददाता
असोज २६, काठमाण्डौं

सर्लाही । सर्लाहीसहित तराई – मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान – बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ।
मौसमविद्हरूका अनुसार दिन छोटिँदै र रात लामिँदै जानु हिउँद नजिकिँदै गरेको सामान्य संकेत हो । मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन् ।
उनीहरूका अनुसार रुघाखोकी, ज्वरो, एलर्जी जस्ता समस्या फैलिन सक्ने भएकाले स्वस्थ आहार खान, धुलो–धुँवाबाट बच्न र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाइएको छ ।
सर्लाहीमा एक साताअघि केही दिनसम्म परेको झरीपछि निरन्तर मौसम सफा रहँदै आएको छ । अहिले दैनिक घाम लाग्ने क्रम जारी छ । मौसम अनुकूल बनेपछि धान पाकेका खेतमा किसानहरू भित्र्याउने काममा व्यस्त छन् ।
अन्य बाली रोप्ने किसान पनि खेतीपातीमा जुटेका छन् । चिकित्सकहरूले हावामा धुलो र धुँवाको मात्रा क्रमशः बढ्दै जाने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP