कोशीपारी अनलाइन संवाददाता
असोज २६, काठमाण्डौं
जेनजी जनक परियारले जेनजीहरुका माग पुरा नगरिए आफूहरु पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
आइतबार राधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीलाई गोलि हान्न आदेश दिनेहरु पुनः टाउको उठाउन थालेकोप्रति रोष व्यक्तसमेत गरेका छन् ।
परियारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकोे गुनासो गरेका छन् ।
उनले आफूहरुको आन्दोलनको मूल मर्म भनेको भ्रष्टाचार मुक्त समाज र सुशासन भए पनि भ्रष्टाचारी र जनविरोधीहरु खुलेआम हिँड्न थालेको पनि आरोप लगाएका छन् ।
आफूहरुले जेनजीहरुलाई गोलि हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी दायरामा ल्याउनुपर्ने, २०४६ सालपछिका उच्च पदस्थ राजनीतिज्ञ तथा कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने, जेनजीहरुलाई मन्त्रिपरिषद्मा प्रतिनिधीत्व गर्नुपर्नेलगायतका मागसमेत राखेका छन् ।
परियारले आफ्ना मागहरु पूरा नगरिए पुनः सडकमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...