कोशीपारी अनलाइन संवाददाता
असोज २६, काठमाण्डौं
जेनजी जनक परियारले जेनजीहरुका माग पुरा नगरिए आफूहरु पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
आइतबार राधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीलाई गोलि हान्न आदेश दिनेहरु पुनः टाउको उठाउन थालेकोप्रति रोष व्यक्तसमेत गरेका छन् ।
परियारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकोे गुनासो गरेका छन् ।
उनले आफूहरुको आन्दोलनको मूल मर्म भनेको भ्रष्टाचार मुक्त समाज र सुशासन भए पनि भ्रष्टाचारी र जनविरोधीहरु खुलेआम हिँड्न थालेको पनि आरोप लगाएका छन् ।
आफूहरुले जेनजीहरुलाई गोलि हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी दायरामा ल्याउनुपर्ने, २०४६ सालपछिका उच्च पदस्थ राजनीतिज्ञ तथा कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने, जेनजीहरुलाई मन्त्रिपरिषद्मा प्रतिनिधीत्व गर्नुपर्नेलगायतका मागसमेत राखेका छन् ।
परियारले आफ्ना मागहरु पूरा नगरिए पुनः सडकमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...