२०८२ मंसिर १९
December 5, 2025, Friday

नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय

नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय

कोशीपारी अनलाइन
असोज २५, काठमाण्डौं

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दावी प्रस्तुत गर्ने निर्णय गरेको छ। इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।
गत भदौ २३ गते राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ। रिक्त पदमा नेपाली कांग्रेसले गठबन्धनसँगको सहकार्यलाई आधार बनाएर सभामुख पदमा अधिकार पूर्वक दावी गर्ने रणनीति लिएको हो।
बैठकमा विपद् व्यवस्थापनसम्बन्धी विषयमा पनि महत्वपूर्ण निर्णय गरिएको छ। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सरकारसँग समन्वय गरेर तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ। साथै, आउँदो पुरक बजेटसम्बन्धी विषयमा थप छलफल गरी संसदीय दलले साझा धारणा बनाउने निर्णय पनि बैठकमा गरिएको छ।
यस निर्णयलाई बागमती प्रदेशको आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।

Related News

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्  : मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् : मन्त्री गुप्ता
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको...

राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा...

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

TOP