कोशीपारी अनलाइन
असोज २५, काठमाण्डौं
रामेछाप । असोज १७, १८ र १९ गतेको लगातार वर्षाको कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।
बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १६ ठाउँमा क्षति पुगेको थियो । बाढीले क्षति पुर्याएको करिब ५ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सडक सञ्चालन गरिएको छ । सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।
बाढीले क्षति पुर्याएको सडक सोमबारबाट सिन्धुली र काभ्रे दुवै तर्फबाट मर्मत सुरु गरिएको थियो । बाढीले सिन्धुलीको नेपालथोक र काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । सिन्धुलीको नेपालथोक र वर्षेखोला क्षेत्र तथा काभ्रेको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मङ्गलटार, कालढुङ्गा, पिप्ले, माम्ती लगायतकाले क्षेत्रमा क्षति पुगेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिए। उनले उपकरण तथा जनशक्ति थप गर्न र राति पनि काम गर्न निर्देशन दिएका थिए । सोही अनुसार हिजो रातभरि काम भएको थियो ।
रोशी खोलामा गत वर्ष पनि असोज महिनामा आएको बाढीले राजमार्गमा क्षति पुर्याएको थियो । यस वर्ष गतसाल अस्थायी रूपमा सडक बनाएकै ठाउँमा सडकमा क्षति पुर्याएको हो ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...