२०८२ फाल्गुन २९
March 13, 2026, Friday

आजका लागि तरकारी तथा फलफूलको मूल्य

आजका लागि तरकारी तथा फलफूलको मूल्य

कोशीपारी अनलाइन संवाददाता
असोज २४, काठमाण्डौं

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो १४० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ६० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ७० रुपैयाँ, तीतो करेला प्रतिकिलो ५० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ७० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३५ रुपैयाँ, घिरौँला प्रतिकिलो ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ कायम गरिएको छ ।
सखरखण्ड प्रतिकेजी ७० रुपैयाँ, बरेला प्रतिकेजी १०० रुपैयाँ , पिँडालु प्रतिकिलो ७० रुपैयाँ, रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १२० रुपैयाँ, चमसुर प्रतिकेजी १३० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ , हरियो प्याज प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २७० रुपैयाँ, कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, निगुरो प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ , रातो बन्दा प्रतिकिलो १६० रुपैयाँ , जिरीको साग प्रतिकिलो १९० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ , स्याउ (फुजी) प्रतिकिलो २६० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ , अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १४० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ८० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ४५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ, लप्सी प्रतिकिलो ५५रुपैयाँ, किबी प्रतिकिलो २५० रुपैयाँ, सरिफा प्रतिकिलो ९० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।
००००

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP