कोशीपारी अनलाइन संवाददाता
असोज २१, काठमाण्डौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका छन् ।
मंगलबार काठमाडौं प्रहरी परिसरमा पुगी उनीहरु विरुद्ध जाहेरी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए । कानूनी राज्यको पक्षधर भएकोले आफूहरुले जाहेरी दिएको बताए ।
‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ,’ उनले भने, ‘हामी कानूनी राज्यको पक्षधर विद्यार्थी संगठन भएको नाताले मुलुकको विधिको शासनको वकालत गर्दै आएको यसलाई प्रशय दिनुहुँदैन भन्ने भएकाले यहाँ उपस्थित भएका हौ।’
उनले सिंहदरबारसहित सरकारी संरचनामा आगजनी, तोडफोड गर्नेहरुलाई छानविनको दयरामा ल्याउनुपर्ने भन्दै प्रमाणसहित प्रस्तुत गरेको बताए ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...