२०८२ कार्तिक २८
November 14, 2025, Friday

प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन :बालेन शाह

प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन :बालेन शाह

कोशीपारी अनलाइन संवाददाता
असोज २१, काठमाण्डौं

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको स्पष्टीकरण दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म कुन कुन दिन कुन कुन स्थानमा दमकल पुगेर आगलागी निभाइयो भन्ने सम्पूर्ण जानकारी गराएका हुन् ।
यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो? सिंहदरबार जलाउने नै बालेन शाह हो जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेको भन्दै उनले आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन दमकल पुग्न नसकेको उनले जानकारी दिएका छन् ।
उनले आन्दोलनका क्रममा ५५ पटक भन्दा बढी स्थानमा महानगरको दमकल परिचालन गर्नका साथै स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचारदेखि मृतकको लास व्यवस्थापनसम्मको जिम्मेवारी लिएको उल्लेख गर्दै उनले हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न आफूले स्टाटस लेखेको स्पष्ट पारे ।
मेयर शाहले दिन रात नभनी महानगरको टोली खटिएको दाबी गर्दै आरोपबाट र जिम्मेवारीबाट नभाग्ने धारणा राखे ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP