२०८३ बैशाख ९
April 22, 2026, Wednesday

विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति

विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति

कोशीपारी अनालाइन
असोज २०, काठमाण्डौं

गत शुक्रबार र शनिबार देशभर अविरल वर्षा भयो । तर सरकारले तुरुन्तै सजकता अपनाउँदा ठूलो क्षतिबाट मुलुक जोगिएको छ । सरकारले पूर्वसूचना, सम्बन्धित निकायलाई निर्देशन र उद्धार कार्यमा तदारुकता देखाउँदा जनधनको ठूलो क्षति हुन नसकेको सर्वसाधारणले समेत अनुभुत गरेका छन् ।
पहिले यस्ता विपद्का घट्नामा सूचना ढिलागरी आउने, पूर्वतयारी सुस्त हुने गरेको तर, यस पटकको सरकारले विपद्का घट्नामा नयाँ अभ्यास गरेको पाइएको छ । विपद् पूर्वानुमान र सूचना प्रवाह दुबैमा राज्य संयन्त्रबाट सक्रियपूर्ण भूमिका निर्वाह भएको बताइन्छ । अन्तरिम सरकारका मन्त्रीहरू फिल्डमै उत्रिएर काम गरेका थिए । साथै लामो दुरीको सवारी आवातजावतमा पनि रोक लगाएका थिए ।
उपत्यकातिर आउने सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउनुका साथै उनीहरूलाई बस्नको लागि उचित व्यवस्थापन समेत गरेको पाइयो ।
दिनरात नभनी उद्दार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मैदानमा खटाइएको थियो । विपद्–व्यवस्थापनले जनताको साथमा ‘सरकार छ’ भन्ने अनुभूति गराएको सर्वसाधारणले बताएका छन् ।
। यसै सन्दर्भमा कोशीपारी अनालाइनले सर्वसाधारणको विचार संकलन गरेको छ ।
दोलखाका तिलराज खतिवडा वर्तमान सरकारले विपद् व्यस्थापनमा चालेको कदमले अनुमान गरेको भन्दा कम दुर्घटना भएको बताउँछन् । दुई–चार दिनअगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्नकासाथै विभिन्न म्यासेज पठाएर सतर्कता अपनाउन आग्रह गर्ने काम सरकारबाट भएकाले उक्त काम सराहनीय भएको उनी बताउँछन् ।
उनले भने,‘बाढी–पहिरो वा बर्षा हुने भन्नेबारे खासमा पहिले सूचना दिने काममा पहिला–पहिलाको सरकारले गर्नेभन्दा यसपाली अलिकति फरक महसुस भएको छ । दुई–चार दिन अगाडिदेखि नै सरकारी तवरबाट सूचना प्रवाह गर्ने काम भयो । सतर्कता अपनाउने काम भएको पाइयो । यो राम्रो काम हो ।’
त्यस्तै उनले स्वयम् मन्त्रीहरू पनि आफै फिल्डमा गएर सुरक्षाकर्मीहरूको मनोबल बढाउने काम गरेको भन्दै प्रसंसा गरे । घटनामा सरकारको भूमिका हेर्दा जनताको भावनाअनुसार चल्दै गएको छ भन्ने महसुस गरिरहेको उनी बताउँछन् ।
त्यस्तै अर्का सर्वसाधारण व्यापक श्रेष्ठले वर्तमान सरकारको कार्यलाई खुलेर प्रसंसा गरेका छन् । यद्यपी दुई दिन सार्वजनिक गर्ने सरकारको घोषणालाई भने आलोचना गरेका छन् ।
१८० दिन अवधि भएको सरकारले दुई दिन बिदा दिनमा हतार गरेको बताउँदै विगतको वर्षहरुको नोक्सानीको तुलनामा यस वर्ष क्षति कम हुनेगरी भूमिका निर्वाह गरेको धारणा राखे ।
‘वर्तमान सरकारले गरेका कामहरू राम्रै लागेको छ । तर दुई दिन सार्वजनिक विदा घोषणा गर्नु ठिक भएन् । विदाले देशलाई धेरै नोक्सान हुन्छ । जम्मा १८० दिनमा पनि सरकारले दुई दिन बिदा दिनमा अलिकति हतार गर्यो । अरु–अरु कामहरू छन् राम्रै गरेको छ । पहिला–पहिला जुन नोक्सानी वा क्षति हुन्थ्यो यसपाली अलिक कम भएको छ । पहिलेको तुलनामा ब्लकेज़ खोल्नका लागि जुन तदारुकता देखायो त्यो कार्य सराहनीय छ,’ उनले भने ।
यस्तै , दशैं नभनी विपद्मा सरकारले राम्रो व्यवस्थापन गरेर प्रसंसनीय काम गरेको झापाका रामचन्द्र रन्जित सुनाउँछन् । राजमार्ग बन्द गरेर सरकारले जनताको सुरक्षाको लागि चालेको कदम उचित रहेको उनको भनाई छ ।
उनले भने,‘सरकारको भूमिका एकदम राम्रो लाग्यो । राम्रो व्यवस्थापन भयो । सरकारले दशैं नभनी खटेको पाइयो । सुरक्षाकर्मी परिचालन राम्रो भयो । यो सरकारसँग धेरै आशा गरेको छ ।’
त्यसैगरी अर्की सर्वसाधारण शान्ता खरेल पनि सरकार जनताको साथमा छ भन्ने महशुस भएको बताउँछिन् ।
‘सरकारको भूमिका राम्रो लागेको छ । बाढी र नदीमा फसेकाहरूलाई उद्धार गरिरहेको देख्दा खुशी लाग्यो । पहिलेको सरकार भन्दा अहिले ठिकै लाग्यो । जनताको साथमा सरकार छ जस्तो फिल भएको छ, उनले भनिन् ।
प्राकृतिक प्रकोप मान्छेले रोकेर नरोकिने भएका कारण पनि लामो दुरीका सवारी आवातजातमा रोक लगाएर सरकारले बुद्धीमानी पहल गरेको उनको ठम्याई छ ।
अर्का सर्वसाधारण तुलसी घिमिरेले भने सरकारले आफ्‌नो दायित्व पूरा गर्न नसकेको आरोप लगाए । काठमाडौं उपत्यकामा केही राम्रो काम गरेको भएतापनि उपत्यका बाहिर सोही अनुसारको भूमिका नखेलेको उनको भनाइ छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP