कोशीपारी अनलाइन
असोज २०, काठमाण्डौं
गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ ।
सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा झापास्थित अस्पताल पुर्याएको छ ।
अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
यस्तै थुप्रै उद्धारको कार्यमा नेपाली सेनाको सक्रिय भूमिका देखिएको छ ।
त्यस्तै असोज १९ गते माङसेबुङ गाउँपालिका १ पातीगाउँ, इलाममा पहिरोमा परी गम्भिर घाइते भएका दुई जना (पुरुष १ र गर्भवती महिला १) लाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारको लागि इटहरी लगेको थियो ।
त्यस्तै, ललितपुरस्थित च्यासल पुलमुनि बाढीले बगाएर ल्याएको रुख अड्किएर पानीको बहावमा अवरोध सिर्जना भएकोले राजदल गणबाट खटिएको फौजले अन्य सुरक्षा निकायसँग सहकार्य गरी उक्त अवरोध हटाएको थियो ।
यता, उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै अशोज १८ गते नेपाली सेना गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले काठमाडौ महानगरपालिका ११, थापाथली स्थित बागमती नदी किनार बस्तीका वासिन्दाहरुलाई गुहेश्वरी मावि थापाथलीमा र टेकु दोभान स्थित सत्प्रयास वृद्धाश्रममा रहनु भएका जेष्ठ नागरिकहरुलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गर्न पनि सहयोग गरेको थियो ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...