कोशीपारी अनलाइन
असोज १८, काठमाण्डौं
नेपाली कांग्रेसले प्रक्षेपित भारी बर्षाको प्रतिकुलतासँग जुध्नका लागि सरकार, दलहरु र नागरिकलाई सजग रहन अपिल गरेको छ ।
गत बर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पुर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा रहेका यात्रुहरुलाई मार नपर्नेगरी काम गर्न आब्हान गरेका छन् । ‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं,’ पौडेलले अपिलमार्फत भनेका छन् ।
१७ असोज ०८२
प्रक्षेपित भारी बर्षाको प्रतिकुलतासँग जुध्न
सरकार,दलहरु र नागरिकलाई सजगताको अपील
पोहोर असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेकै छ । गत भदौ २३ र २४ को घटनाले देश थप मर्माहत रहेकोे बेला फेरि बाढीपहिरोको ठुलै जोखिमको संकेत मौसम बिज्ञान विभाग र बिज्ञहरुले गरेका छन् । असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी बर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पुर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, संबद्ध निकाय, दलहरू, स्वयंसेविहरु एवं सम्पुर्ण नागरिकमा
नेपाली काँग्रेस हार्दिक अपील गर्दछ ।
पुर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता
१. दशैंको टीका लगाउन या लगाइसकेर गन्तब्यमा फर्किन लाखौं नागरिक यतिबेला सडक यात्रामा छन् । अत मौसमको तीब्र प्रतिकुलता नजिकिएको सूचना प्रभावि रुपले सम्प्रेषण गरौं ।
२. सरकार र संबद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षीत रहौं, अरुलाई सुरक्षीत बनाउन सुसूचित गरौं ।
३. बाढीपहिरोको घोषित एवं संभावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षीत स्थलतर्फ केहिदिनलाई सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासन मार्फत आवश्यक बन्दोबस्तको पहलकदमि गरौं ।
४. पहाडी भूगोल र हाम्रा सडक मार्ग उसैपनी जोखिमपुर्ण छन्, अत भारी बर्षाले प्रभावित हुने अनुमान गरिएका सडक मार्ग निस्चित अवधिकालागी अनिवार्य बन्द गरौं ।
५. सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं ।
६. विपदसँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावि ढंगको भुमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गरौं ।
७. तत्कालीन प्रतिकुल स्थिति दृस्टिगत गरेर जोखिमका संभावित क्षेत्रहरुमा अन्य सबै कार्य केहिदिनलाई थाती राखेर एक्यवद्ध भएर चुनौती सामना गरौं ।
सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस्, संभावित विपद सामना गर्न जिम्मेवार ढंगले सबै जुटौं । सरकार, दलहरू र सम्पुर्ण नेपालीमा नेपाली काँग्रेस हार्दिक आह्वान गर्दछ । साथै नेपाली काँग्रेसको सबै तहका साथीहरूलाई आफू कार्यरत ठाउँमा प्राकृतिक विपदसँग जुध्न स्वयंसेवि भावना साथ कार्य गर्न अपील गर्दछ ।
जय नेपाल ।
कृष्णप्रसाद पौडेल
मुख्यसचिव
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...