कोशीपारी अनलाइन
असोज १३, काठमाण्डौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत उनले दसैंले नेपाली समाजमा पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना झन् मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
सभापति देउवाले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा चित्रण गर्दै यी विविधताबीचको अनुपम एकता नै नेपालीको पहिचान भएको उल्लेख गरेका छन् । ‘हरेक बडा दसैंले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ,’उनले सन्देशमा भनेका छन् ।
गत भाद्र २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले सुरक्षाकर्मी र युवाहरूको ज्यान गुमाएको घटनालाई नेपालको इतिहासकै एक अल्कपनीय र पीडादायक क्षणका रूपमा उल्लेख गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
देउवाले सो प्रदर्शनको क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू, नेताहरूको निजी निवास र सर्वसाधारणका सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। ‘नेपालको उन्नति र प्रगतिसँग जोडिएका संरचनाहरूमा भएको क्षति दुर्भाग्यपूर्ण छ,’ उनले भनेका छन्।
राजनीतिक समस्याहरूको समाधान संविधानमार्फत नै खोजिनु पर्नेमा जोड दिंदै उनले सात दशक लामो संघर्षबाट प्राप्त वर्तमान संविधानलाई नेपाली जनताको प्रतिनिधि सभामार्फत बनेको ऐतिहासिक दस्तावेजको रूपमा व्याख्या गरेका छन्। ‘संविधानमै सबै जटिलताहरूको समाधान सम्भव छ,’ देउवाले उल्लेख गरेका छन्, ‘स्थिरता र प्रगति सुनिश्चित गर्न हामी सबैको योगदान अनिवार्य छ।’
उनले दसैंको सांस्कृतिक र धार्मिक महत्त्वलाई स्मरण गराउँदै अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजय दिने सन्देशलाई आत्मसात गर्न सबैलाई आह्वान गरेका छन्। साथै, यो पर्वले समाजमा सहिष्णुता र एकताको भावना अझ गहिरो बनाओस् भन्ने कामनासहित देउवाले सबै नेपालीमा आत्मबल, विवेक र सहकार्यको भावनाको अभिवृद्धिको कामना गरेका छन्।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...