२०८२ माघ ५
January 19, 2026, Monday

म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली

म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली

कोशीपारी अनलाइन संवाददाता
असोज ११, काठमाण्डौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गरेका छन् ।
बडादशैंको अवसरमा गुण्डुमा युवा संघको खुला कार्यक्रममा बोल्दै उनले आफू सरकारमा हुदाँ भ्रष्टाचार नगरेको र गर्न दिनु हुँदैन् भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सँधै जोड दिँदै आएको बताए ।
वर्तमान समयमा कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई ‘झोले’ भन्ने चलन नै चलिसकेको पनि उनको भनाई छ ।
उनले भने, ‘कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई झोले भन्ने चलन नै चलिसक्यो । ०७४ मा सरकार बन्यो त्यो सरकारले असाधारण दृष्टीकोणहरु प्रस्तुत गर्यो र तिनीहरुको कार्यान्वयन गर्दै गयो । शुसासन र विकासमा ध्यान केन्द्रित गर्यो । शुसासनको क्षेत्रमा धेरै कामहरु भए, विकासका क्षेत्रमा नयाँ नयाँ मोडल, तरिका र चिन्तनका अगाडि बढ्यौं । भ्रष्टाचार उन्मुलन भयो भन्दिन म, तर सकेसम्म नियन्त्रण गर्यौं । म सरकारमा हुँदा आफूले भ्रष्टाचार गरिन र सकेसम्म अरुलाई पनि गर्न दिएको छैन । फेरि पनि गर्दैनौं र गर्न दिँदैनौं भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सँधै जोड दिँदै आएका छौं ।’

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ आश्विन ११

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP