२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

गाजामा इजरायली आक्रमणहुँदा दुई दिनमै ४८ हजार मानिस विस्थापित

गाजामा इजरायली आक्रमणहुँदा दुई दिनमै ४८ हजार मानिस विस्थापित

कोशीपारी अनलाइन संवाददाता
असोज १, काठमाण्डौं

इजरायली सेनाको गाजा सिटीमा जारी भूमिगत आक्रमणबीच दुई दिनमै करिब ४८ हजार मानिसहरू भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले मंगलबार जनाएको छ ।
ओचाका अनुसार अगस्ट मध्यदेखि सोमबारसम्म १ लाख ९० हजारभन्दा बढी विस्थापन गतिविधिहरू देखिएको छ । जसमा धेरैजसो मानिसहरू अत्यधिक यातायात खर्चका कारण पैदल हिँडेर नौ घण्टासम्म यात्रा गरिरहेका छन् । धेरैजसो परिवारहरू महिला र वृद्ध सदस्यहरूको नेतृत्वमा, घाइते बालबालिकासहित, तातो मौसममा नाङ्गा खुट्टा हिँडिरहेको ओचाले जनाएको छ ।
यसबीच, ओचाका सहयोगी संस्थाहरूले १ हजार पाँचसय भन्दा बढी व्यक्तिहरूलाई मनोसामाजिक सहयोग, पानी, र स्वास्थ्य सेवा जस्ता आपत्कालीन सहयोग प्रदान गरेको पनि जनाइएको छ । जसमा नौ सय भन्दा बढी बालबालिका छन् ।
इजरायली सेनाले गाजा सिटीलाई “खतरनाक युद्ध क्षेत्र” घोषणा गर्दै, त्यहाँका बासिन्दालाई दक्षिण र केन्द्रीय गाजाका भीडभाडयुक्त ‘मानवीय क्षेत्र’ हरूतर्फ सर्न आग्रह गर्दै पर्चा खसालेका छन् । तर यी क्षेत्रहरूमा समेत इजरायली वायु आक्रमण र बमबारी जारी रहेकाले ठूलो संख्यामा नागरिक हताहत भइरहेका छन् ।
गाजाका विस्थापित बासिन्दा आला इस्माइलले भने, “हामीसँग पैसा छैन, बुबाको स्वास्थ्य पनि कमजोर छ । गाजामा सुरक्षित ठाउँ छैन, आजको रात सडकमै सुत्नुपर्नेछ ।” अर्का विस्थापित खलिल मतारले भने, “इस्रायलले ‘सुरक्षित क्षेत्र’ भनेका ठाउँहरू पनि जब इस्रायल चाहन्छ, लक्षित आक्रमणका केन्द्र बन्छन् ।”
गाजाको सञ्चार कार्यालयका अनुसार हाल दक्षिण गाजाको अल–मवासी क्षेत्रमा करिब ८ लाख मानिस भेला भइसकेका छन् । तर, यस क्षेत्रमै इजरायली आक्रमणबाट हालसम्म २ हजार भन्दा बढीको मृत्यु र १०९ भन्दा बढी आक्रमण भइसकेका छन् । यद्यपि, इजरायलले यसलाई ‘मानवीय क्षेत्र’ घोषणा गरेको छ ।
सीसीटीभी

Related News

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
  • २०८२ आश्विन १

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०८२ आश्विन १

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०८२ आश्विन १

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

TOP