कोशीपारी अनलाइन संवाददाता
असोज १, काठमाण्डौं
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन्। सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् ।
मोदीले धारमा प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन्। भारतीय सञ्चारमाध्यमका अनुसार, यस परियोजनाले हजारौं युवालाई रोजगारी दिलाउने र स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा भर्ने अपेक्षा गरिएको छ। त्यस्तै, ‘स्वस्थ नारी, सशक्त परिवार’ अभियान पनि मोदीले आजै सुरु गर्ने बताइएको छ ।
मोदीको जन्मदिन अवसर पारेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले सेप्टेम्बर १७ देखि अक्टोबर २ सम्म देशव्यापी रक्तदान, स्वास्थ्य परीक्षण, वृक्षारोपण र सरसफाइ अभियानजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
यसैबीच, भारतको राजनीतिमा विपक्षी कांग्रेस नेता राहुल गान्धीको नयाँ खुलासा ‘हाइड्रोजन बम’ का रूपमा चर्चामा छ। चुनावमा धाँधली हुँदै आएको आरोपलाई प्रमाणसहित प्रस्तुत गर्ने तयारीमा रहेका गान्धी आजै देशबासीलाई सम्बोधन गर्नेछन् ।
गान्धीले यसअघि बैंगलोर दक्षिण लोकसभा सिटअन्तर्गत महादेवपुरा क्षेत्रमा १ लाखभन्दा बढी मत धाँधली भएको दाबी गर्दै त्यसलाई ‘परमाणु बम’ भनेका थिए । अब दोश्रो खुलासालाई उनले ‘हाइड्रोजन बम’ नाम दिएका छन्। राजनीतिक विश्लेषकहरूले गान्धीको नयाँ खुलासा कति प्रभावशाली हुन्छ भन्ने प्रश्नलाई उत्सुकतापूर्वक हेरेका छन् ।
भारतमा आज प्रधानमन्त्री मोदीको जन्मदिन र राहुल गान्धीको राजनीतिक बम दुवै कारणले असामान्य चहलपहल देखिएको छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...