कोशीपारी अनलाइन संवाददाता
भदौ ३०, काठमाण्डौं
नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हु्न् ।
घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा समेत गरेका छन् । मन्त्री घिसिङले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने पनि उल्लेख गरेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधा नलिने घोषणा उनले गरेका हुन् । पदभार ग्रहण गर्दै उनले भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशिलता अपनाउने बताए ।
पदभार ग्रहणको क्रममा मन्त्री घिसिङले भने ‘शून्य सहनसिलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मुख्य मात्र हो । यसलाई निर्मुल गर्नुपर्छ,’ उनले भने, ‘अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही गर्छौं । भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।’
उनले आफ्नो पारदर्शितामा कुनै प्रश्न आयो भने सिधा आफैंलाई सम्पर्क गर्ने उनले अनुरोध गरेका छन् ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...