२०८२ मंसिर २४
December 10, 2025, Wednesday

जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव

जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव

कोशीपारी अनलाइन संवाददाता/दानबहादुर बुढा
भदौ २२, मुगु

जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २,४ र ६ का १४ जना स्थानीयलाई आइतबार एकै कुकुरले क्रमश आक्रमण गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
कुकुरको आक्रमणबाट घाइते भएका १४ जना मध्य वडा नंं. २ का ५ जना (नरेन्द्र केसी,सर्केनी बुढा, धने रोकाया, मयालु रोकाया, गोरे सार्की) घाईते भएका छन् ।
त्यस्तै वडा नं. ४ का ७ जना (सभ्यता हमाल, बिजकन्या न्यौपाने, लटे कामी, मन्नु न्यौपाने, संगिता समिक्षा विक र सुर्दशन विक) घाइते छन् भने वडा नं. ५ की मेनका नेपाली र वडा नंं ६ की सरिता कामी गरी चार वडाका १४ जना घाइते भएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले बताए ।
रेविज लागेको भुसिया कुकुरले टोकेको ७२ घण्टा भित्र अनिवार्य रुपमा लगाउनु पर्ने ‘एमिनो ग्लोबिन’ औषधी जुम्लामा छैन् ।
एन्टी रेविज भ्याक्सीन जिल्लामा केही मात्रामा भएपनि एमिनो ग्लोबिन नाम औषधी जुम्लामा नभएपछि कालिकोटबाट मगाइएको स्वास्थ्य शाखा प्रमुख चौलागाईले कर्णाली मिसनलाई जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर कमल थानीको समन्वय तथा तातोपानी गाउँपालिकाको लगानीमा एमिनो ग्लोबिन औषधी जुम्ला ल्याउन लागिएको छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले घाईते नागरिकको सकुशल उपचारका लागि पालिकाले बजेट खर्च र कुनै पनि हालतमा उक्त भ्याक्सीन ल्याउन अनुरोध गरेपछि ३२ डोज एमिनो ग्लोविन कालिकोट बाट ल्याउन लागिएको हो ।
३२ डोजका लागि आबश्यक पर्ने ३२ हजार रुपैया तातोपानी गाउँपालिकाले तिर्ने छ । प्रति डोजको एक हजारका दरले ३२ हजारको ३२ डोज एमिनो ग्लोबिन कालिकोटबाट ल्याईदै छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर कमल थानीले घाइते सबैलाई एन्टी रेविज खोप लगाइएको बताएका छन ।
उनले भने,‘एमिनो ग्लोबिन औषधी जुम्ला र नेपालगन्जमा पनि भेटिएनन् । कालिकोट भएकाले समन्वय गरेर ल्याउँदै छौ । ७२ घण्टा भित्र उक्त औषधी दिनैपर्छ । अहिले घाउमा टाका पनि लगाउन मिल्दैन् । कम्तीमा एक हप्तासम्म भर्ना गरेर उपचार गर्नु पर्छ । अहिले घाइतेहरुको भर्ना भइरहेको छ ।’
यता तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई आक्रमण गर्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन् ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०८२ भाद्र २९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८२ भाद्र २९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०८२ भाद्र २९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP