२०८२ माघ ५
January 19, 2026, Monday

दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै ८ अर्बको नोक्सानी

दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै ८ अर्बको नोक्सानी

कोशीपारी अनलाइन संवाददाता
भदौ २७, काठमाण्डौं

होटल संघ नेपालले जनेजी आन्दोलनको क्रममा देशभर झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ (विराटनगर), धनगढी, महोत्तरी, दाङ (तुल्सीपुर) लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी र विदेशी ब्रान्डसहितका चर्चित होटलहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंस्थित हिल्टन होटलमा मात्र करिब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । जसलाई समेत समेट्दा देशभर करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
संघले भनेको छ कि प्रभावित होटलहरू मर्मत र पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने भएकाले करिब दुई हजारभन्दा बढी कामदार तथा कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ ।
चाडपर्वको समयमा रोजिरोटी प्रभावित भएकाले होटलहरूले बैंक तथा अन्य वित्तीय संस्थाहरूसँगको ऋण तथा आर्थिक दायित्व पूरा गर्न समस्या देखिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘सुशासन, विकास र जनताले खोजेको मूलभूत परिवर्तनका लागि नवयुवाहरूले गरेका बलिदानका बीच प्रारम्भ भएको संक्रमणकालमा सार्वजनिक लगानीसहित निजी क्षेत्रका होटलहरूमा भएको यस किसिमको ठूलो क्षतिको यथाशीघ्र न्यायिक छानबिन हुनुपर्छ ।’
होटल संघले प्रभावकारी न्यायिक समिति गठन गरी दोषीलाई दण्ड र क्षतिपूर्ति सुनिश्चित गर्न, होटलहरूको मर्मत–पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
संघले लगानीकर्ताको मनोबल जोगाउँदै आर्थिक स्थायित्व कायम गर्न र परिवर्तनकारी नयाँ युगसँगै पर्यटन विकासमा अघि बढ्न सरकारको सहकार्य आवश्यक भएको पनि उल्लेख गरेको छ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP