२०८२ कार्तिक २८
November 14, 2025, Friday

आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ :कुलमान घिसिङ

आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ :कुलमान घिसिङ

कोशीपारी अनलाइन संवाददाता
भदौ २३, काठमाण्डौं

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा भत्र्सना समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो । देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्तरूपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भत्र्सना गर्दछु ।’
त्यस्तै, उनले यो आक्रोश युवाहरूको सपना, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना भएको भन्दै सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्ने धारणा राखे ।
देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले आफू मर्महात भएको बताउँदै जेन जी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न माग समेत गरे ।
यस दुखद् घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै उनले राज्यले कलिला युवाहरुमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलन अब जेन जीको मात्र नभएर आम नेपाली जनताको आन्दोलन बनेको उनको भनाई छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ भाद्र २३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ भाद्र २३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ भाद्र २३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP