२०८२ फाल्गुन २५
March 9, 2026, Monday

आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ :कुलमान घिसिङ

आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ :कुलमान घिसिङ

कोशीपारी अनलाइन संवाददाता
भदौ २३, काठमाण्डौं

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा भत्र्सना समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो । देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले सोमबार देशभर स्वतःस्फूर्तरूपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भत्र्सना गर्दछु ।’
त्यस्तै, उनले यो आक्रोश युवाहरूको सपना, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना भएको भन्दै सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्ने धारणा राखे ।
देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले आफू मर्महात भएको बताउँदै जेन जी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न माग समेत गरे ।
यस दुखद् घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै उनले राज्यले कलिला युवाहरुमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलन अब जेन जीको मात्र नभएर आम नेपाली जनताको आन्दोलन बनेको उनको भनाई छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ भाद्र २३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ भाद्र २३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ भाद्र २३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP