कोशीपारी अनलाइन संवाददाता
भदौ २१, काठमाण्डौं
कोरिया एजुकेशन कन्सल्टेन्सी एशोसिएसन नेपालले काठमाडौं बानेश्वरको एभरेष्ट होटलमा ‘कोरिया शिक्षा मेला–२०२५’ को आयोजना गरेको छ । शनिबार एक दिन आयोजना गरिएको मेलामा १५ सय बढी विद्यार्थीले अवलोकन गरेको आयोजकको दाबी छ ।
कोरिया शैक्षिक परामर्श संघका अध्यक्ष विष्णु खड्काले पछिल्लो समय कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको माग बढेको बताउँदै विद्यार्थीहरुलाई उचित सूचना दिने उद्देश्यले मेला आयोजना गरेको जानकारी दिए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मेलामार्फत कोरियाको शैक्षिक अवस्थाबारे विद्यार्थीमा देखिएको भ्रम चिर्ने जर्मको गरेको बताउँदै उनले आगामी दिनमा वर्षमा दुई पटक यस्ता मेलाहरु आयोजना गर्नेगरी योजना अगाडि बढाएको सुनाए ।
उनले भने,‘पछिल्लो समय कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको माग छ । अहिले पनि ६ हजार देखि १२ हजारको हाराहारीमा माग छ । त्यसैले यसलाई व्यवस्थित तरिकाले कसरी हामीले गर्ने भनेर मेला आयोजना गरेका छौं । उचित सूचना दिने हिसाबले पनि मेला आयोजना गरेका हौं । यो हाम्रो पहिलो मेला हो । आगामी दिनमा वर्षमा दुईवटा यस्ता मेलाहरु आयोजना गर्नेगरी योजना गरेका छौं । विद्यार्थीमा जुन किसिमको भ्रम छ । त्यसलाई चिर्ने प्रयास गरेका छौं ।’
त्यस्तै अध्यक्ष खड्काले एआई, कम्प्युटरका अन्य विषयहरु, हस्पिटालिटी, आर्टस र स्वास्थ्य क्षेत्रका विषयहरु लिएर कोरिया पढ्न जाने विद्यार्थीको रोजाइमा पर्ने गरेको बताए ।
सस्तो तर इन्टरनेशनल स्तरको शिक्षा लिने अवसर कोरियामा पाइने बताउँदै उनले बढिमा १० लाख तिरेर कोरिया जान सकिने जानकारी दिए ।
‘अहिले एआई र कम्प्युटरका अन्य विषयहरुमा मास्टर्स गर्नको लागि हस्पिटालिटी, आर्टसहरु, स्वास्थ्य क्षेत्रका विषयहरु लिएर पढ्न जाने धेरै छन् । दुई हजार डलरमा ट्युसन फि तिरेर कोरिया जान पाइन्छ । सस्तो तर इन्टरनेशनल स्तरको शिक्षा लिन कोरियामा पाइन्छ । कोरिया जान बढिमा १० लाख तिर्ने हो । त्यो बढि तिरेको देखिन्न,’उनले भने ।
मेलामा २३ वटा कोरियन विश्वविद्यालयका स्टलहरू रहेका छन् । उनले भने,‘आजको यो मेलामा २३ वटा कोरियन विश्वविद्यालयका स्टलहरू रहेका छन् । १५ सय विद्यार्थीले आज अवलोकन गर्नुहुन्छ भन्ने अुनमान छ । उल्लेखनीय रुपमा उपस्थिति रहेकाले व्यवसायीहरु पनि उत्साहित छन् ।’
मेलामा भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक एआइको प्रविधिबाट विद्यार्थीहरुलाई परामर्श सेवा दिएको छ । मेलाले प्रविधि, फेसन तथा भविष्यका रोजगारी अवसरसँग सम्बन्धित उत्कृष्ट शैक्षिक कार्यक्रमहरू प्रस्तुत गर्ने लक्ष्य लिएको छ । विद्यार्थी तथा अभिभावकहरूलाई मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...