२०८२ फाल्गुन २५
March 9, 2026, Monday

नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस देशव्यापी रूपमा मनाइयो

नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस देशव्यापी रूपमा मनाइयो
कोशीपारी अनलाइन संवाददाता
भदौ १९, काठमाण्डौं
नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस आज “मानवताको पक्षमा” भन्ने नाराका साथ विविध कार्यक्रमका साथ देशव्यापी रूपमा मनाइएको छ ।
सो अवसरमा रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) का नेपाल प्रमुख डेभिड फिसर र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC) का नेपाल प्रमुख सन्देश श्रेष्ठले संयुक्त रूपमा रेडक्रसको झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त कार्यकारी निर्देशक विडारीले नेपाल रेडक्रसको संस्थागत विकास र सेवामूलक गतिविधिहरूमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रसको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपानेले गत वर्षभरि संस्थाले पुर्याएका सेवा र उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो ।
त्यस अवसरमा आईएफआरसीका नेपाल प्रमुख डेभिड फिसरले भूकम्प, बाढीपहिरो, कोभिड महामारीदेखि हाल तराई क्षेत्रमा देखिएको सुख्खा र हैजाजस्ता चुनौतीपूर्ण परिस्थितिमा रेडक्रस स्वयंसेवकहरूले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
आईसीआरसीका नेपाल कार्यालय प्रमुख सन्देश श्रेष्ठले विगतमा द्वन्द्व, भूकम्प र महामारीका समयमा रेडक्रससँगको सहकार्यलाई स्मरण गर्दै हाल पनि वेपत्ता व्यक्तिहरूको खोजीमा सहकार्य भइरहेको जानकारी दिनुभयो ।
यसैगरी रेडक्रसका युवा प्रतिनिधि सुरजकुमार सिंहले संस्थाले युवाको नेतृत्व विकासमा दिएको प्राथमिकता र अवसरप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि युवालाई अझ स्थान दिइने अपेक्षा व्यक्त गर्नुभयो ।
दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषले २५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई शैक्षिक सहयोग र प्रशंसा पत्र प्रदान गरेको थियो । साथै विश्व रेडक्रस दिवसका अवसरमा आयोजना गरिएको फोटो तथा भिडियो प्रतियोगिताका विजेतालाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषका सभापति अमरमणी पौडेलले कोषमा संकलित रकमलाई पारदर्शी र उचित व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP