२०८३ बैशाख १०
April 23, 2026, Thursday

जिल्ला प्रशासन कार्यालय प्रवाह गर्ने सेवा बारे जानकारी दिन अन्तरक्रिय

जिल्ला प्रशासन कार्यालय प्रवाह गर्ने सेवा बारे जानकारी दिन अन्तरक्रिय

कोशीपारी अनलाइन संवाददाता
भदौ १९, काठमाण्डौं

रामेछाप । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा, शान्ति सुरक्षा र सामाजिक व्यवस्थाबारे जानकारी दिन बुधबार मन्थलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशासनिक सेवा र त्यसको प्रवाहमा देखिएका समस्या र समाधानको उपाय, सामाजिक अपराध नियन्त्रण, लागु औषध दुरुपयोग रोकथाम तथा विपत् व्यवस्थापनको बारे जानकारी दिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले सेवासम्बन्धी जानकारी प्रदान गरेका थिय । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले लागू औषध नियन्त्रणमा देखिएका चुनौतीबारे जानकारी गराए। त्यस्तै सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापका इन्स्पेक्टर विकास उप्रेतीले विपद् व्यवस्थापनका बारे जानकारी गराएका थिए ।


मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नागरिकता सिफारिसमा देखिएका समस्या समाधानका लागि वडा अध्यक्ष र वडा सचिव जिम्मेवार हुनु पर्ने बताए । त्यसको लागि नगरपालिकाले समन्वय गर्ने उनले जनकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शान्ति सुरक्षा सुदृढ गर्न नियमित छलफल आवश्यक रहेको र प्रत्येक तीन–तीन महिनामा दुई–दुई पालिकामा यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले नागरिकलाई सहज सेवा प्रवाह सुनिश्चित गर्न सरोकारवालाबीच बुझाइको एकरुपता कायम गर्न पनि कार्यक्रमको महत्व रहेको बताए ।
नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्की र नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले यस्ता कार्यक्रम वडास्तरमा लैजानुपर्नेमा जोड दिए। उनीहरूले पूर्वाधारसँगै मानव विकासमा ध्यान दिनुपर्ने र नागरिकका साना साना समस्यामा सरोकारवालाले ध्यान दिनु पर्ने सुझाव दिए ।
कार्यक्रममा वडाका वडाध्यक्ष, वडा सचिव, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP