२०८२ कार्तिक २३
November 9, 2025, Sunday

जिल्ला प्रशासन कार्यालय प्रवाह गर्ने सेवा बारे जानकारी दिन अन्तरक्रिय

जिल्ला प्रशासन कार्यालय प्रवाह गर्ने सेवा बारे जानकारी दिन अन्तरक्रिय

कोशीपारी अनलाइन संवाददाता
भदौ १९, काठमाण्डौं

रामेछाप । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा, शान्ति सुरक्षा र सामाजिक व्यवस्थाबारे जानकारी दिन बुधबार मन्थलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशासनिक सेवा र त्यसको प्रवाहमा देखिएका समस्या र समाधानको उपाय, सामाजिक अपराध नियन्त्रण, लागु औषध दुरुपयोग रोकथाम तथा विपत् व्यवस्थापनको बारे जानकारी दिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले सेवासम्बन्धी जानकारी प्रदान गरेका थिय । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले लागू औषध नियन्त्रणमा देखिएका चुनौतीबारे जानकारी गराए। त्यस्तै सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापका इन्स्पेक्टर विकास उप्रेतीले विपद् व्यवस्थापनका बारे जानकारी गराएका थिए ।


मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नागरिकता सिफारिसमा देखिएका समस्या समाधानका लागि वडा अध्यक्ष र वडा सचिव जिम्मेवार हुनु पर्ने बताए । त्यसको लागि नगरपालिकाले समन्वय गर्ने उनले जनकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शान्ति सुरक्षा सुदृढ गर्न नियमित छलफल आवश्यक रहेको र प्रत्येक तीन–तीन महिनामा दुई–दुई पालिकामा यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले नागरिकलाई सहज सेवा प्रवाह सुनिश्चित गर्न सरोकारवालाबीच बुझाइको एकरुपता कायम गर्न पनि कार्यक्रमको महत्व रहेको बताए ।
नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्की र नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले यस्ता कार्यक्रम वडास्तरमा लैजानुपर्नेमा जोड दिए। उनीहरूले पूर्वाधारसँगै मानव विकासमा ध्यान दिनुपर्ने र नागरिकका साना साना समस्यामा सरोकारवालाले ध्यान दिनु पर्ने सुझाव दिए ।
कार्यक्रममा वडाका वडाध्यक्ष, वडा सचिव, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP