२०८२ माघ ५
January 19, 2026, Monday

प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त

प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त

कोशीपारी अनलाइन संवाददाता
भदौ १९, काठमाण्डौं

प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए ।
उनले लेखेका छन्,‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउनु भएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनें । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
उनको ५९ वर्षको उमेरमा क्यान्सरका कारण ललितपुरस्थित आपार्टमेन्टमा निधन भएको हो । उनले ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी थिइन्। इन्दिराले लोकदोहोरी, तामाङ सेलो, देउडा लगायत विविध भाषाका गीतहरू गाएकी छिन्।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ भाद्र १९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP