२०८२ फाल्गुन २९
March 13, 2026, Friday

नेप्से निरन्तर घट्दो, कारोबार रकममा भने सामान्य सुधार

नेप्से निरन्तर घट्दो, कारोबार रकममा भने सामान्य सुधार

कोशीपारी अनलाइन संवाददाता

भदौ १८, काठमाण्डौं

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ । यसअघि मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो ।
यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२६ स्टकको ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ । फ्‌लोट इन्डेक्स १.१६ अंकले घटेको छ भने सेन्सेटिभ फ्‌लोट इन्डेक्स ०.९५ अंक घटेको छ ।
यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ७.०३ प्रतिशतले बढेर प्रतिकित्ता ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनएमबी हाइब्रिड फन्डको शेयर मूल्य प्रतिकित्ता ३.२७ प्रतिशतले बढेर ९.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज लिबर्टि इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.९९ प्रतिशतले घटेर प्रतिकित्ता २१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । छ्याङ्दी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.४५ प्रतिशतले घटेर २४३.४९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ३.८८ प्रतिशतले घटेर ४६१.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सिकलेस हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३.७६ प्रतिशतले घटेर ७५२.५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन युनियन हाइड्रोपावर लिमिटेड, लिबर्टि इनर्जी कमपनी, नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र पञ्चकन्यामाइ हाइड्रोपावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ भाद्र १८

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ भाद्र १८

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ भाद्र १८

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP