२०८२ माघ ५
January 19, 2026, Monday

काठमाडौंमा पहिलो पटक नौ कुण्डिय महायज्ञ सुरु, भदौ २२ गतेसम्म संचालन हुने

काठमाडौंमा पहिलो पटक नौ कुण्डिय महायज्ञ सुरु, भदौ २२ गतेसम्म संचालन हुने

कोशीपारी अनलाइन संवाददाता
भदौ १७, काठमाण्डौं

आइतबार कलश यात्रागरि उक्त गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको थियो । समारोह यही भदौ १५ गते आइतवारदेखि भदौ २२ गते आइतवारसम्म ३१ नम्बर वडा कार्यालय प्राङ्गणमा सञ्चालन भइरहेको छ ।
वेद प्रसाद भट्टले नयाँ पुस्तालाई योगा, ध्यान र यज्ञ जस्ता विषयमा सहभागि गराउने उद्देश्यले नौ कुण्डिय महायज्ञ आयोजना गरेको बताएका छन् ।
सोही क्रममा उनले नयाँ पुस्ता शाकाहारी बन्नुपर्छ र पूजापाठ गर्नुपर्छ भन्ने अवधारण बोकेर सकारात्मक उर्जा सिर्जना गर्न महायज्ञ गरेको बताए ।
उनले भने, ‘अखिल विश्व गायत्री परिवार शान्तिकुञ्ज हरिद्वारबाट गायत्र महायज्ञ हुदैँछ । नौ कुण्डिय महायज्ञ पहिलो पटक काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा जारी छ । हामीले बालबालिका, विद्यार्थी र नयाँ पुस्ताले योगा, ध्यान र यज्ञ गर्नुपर्छ भन्ने अवधारणाले सुरु गरेका हौं । नयाँ पुस्ताले साकाहारी बन्नुपर्छ, पूजापाठ गर्नुपर्छ, आचरण सही हुनुपर्छ, जीवनशैली ठिक हुनुपर्छ एवम आफूलाई कसरी नियन्त्रित गर्ने, वातावरणलाई कसरी सफा राख्ने सकारात्मक उर्जा कसरी सिर्जना गर्ने भनेर बालबालिका, युवादेखि ज्येष्ठ नागरिक सबैलाई सचेत गराउने अवधारणा पनि हो ।’
साथै, उनले नौ कुण्डिय महायज्ञले नौ वटा ग्रहलाई व्यवस्थित गर्ने भएको हुनाले पनि यसको आयोजना गरेको बताए ।
यसै क्रममा मंगलबार महायज्ञको तेस्रो दिनमा काठमाडौंकै कोसेली स्कुलका ५० जना विद्यार्थीलाई महायज्ञमा सहभागि गराइएको छ ।
साथै, हरेक दिन बिहान ७ बजे पाठ परायण, प्रत्येक दिन दिनभरि नै चरु हवन तथा यज्ञ तथा प्रत्येक दिन ४ः२५ बजेदेखि ५ बजेसम्म आरती गरिनेछ ।
यसका साथै हरेक दिन बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म गायत्री यज्ञसमेत सञ्चालन गरिने छ । वडा नम्बर ३१ को कार्यालय प्राङ्गणमा पहिलो पटक नौ कुण्डिय गायत्री महायज्ञ श्रीमद्भागवत सप्ताह सुरु भएको हो ।
सप्ताहमा गायत्री हवनको आध्यात्म विज्ञान, योग, साधना, संस्कार तथा आहारविहार, जीवन जिउने कला सम्बन्धि जानकारीका साथै देशको दीगो शान्ति, समृद्धि तथा सम्पूर्ण नेपाली जनताको सुख, शान्ति तथा उर्जा जागरण गर्न राष्ट्रशान्ति, विश्व शान्ति तथा सम्पूर्ण मानव जातिको सुख, शान्ति, समृद्धि तथा दीर्घायूको कामनाको लागि सुप्रसिद्ध भागवत गुरु मोहन अर्याललको मुखारविन्दुबाट कथा वाचन हुनेछ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ भाद्र १७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP