२०८२ कार्तिक २३
November 9, 2025, Sunday

बुङ्गल हाइड्रोपावरको आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन

बुङ्गल हाइड्रोपावरको आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन

कोशीपारी अनलाइन संवाददाता
भदौ १६, काठमाण्डौ
आम सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत दिन सकिने व्यवस्था गरिएको छ । यो आईपीओ छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ ।
यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ । यसअघि, कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ जारी गरिसकेको थियो ।
बुङ्गल हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि र २ लाख ७ हजार ५०० कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको थियो ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ भाद्र १६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ भाद्र १६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ भाद्र १६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP