कोशीपारी अनलाइन संवाददाता
भदौ १६, काठमाण्डौं
शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै निजी विद्यालय सङ्गठनहरूले सुरु गरेको आन्दोलन अन्तर्गत सोमबार काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्याली गर्ने भएका छन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गर्न लागिएको र्यालीका लागि बसहरूका रुट निर्धारण गरिएको आइतबार विज्ञप्तिमा जनाइएको छ ।
आन्दोलनका कार्यक्रमलाई सफल पार्न सातै प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारी, सदस्य, सल्लाहकार तथा विद्यालय संस्थापक–प्रिन्सिपललाई आह्वान गरिएको छ ।
बस र्यालीका लागि निर्धारण गरिएका प्रमुख रुटहरूमा भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रपरिक्रमा गर्ने तय भएको छ ।
यसैगरी ललितपुरका विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कीर्तिपुर, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने तय भएको छ ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...