काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ ।
महानगरको कृषि तथा पशुपन्क्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार वटा रेष्टुरेन्ट र एक मिठाई पसलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा चार वटा रेष्टुरेन्टमा प्रयोग भएको तार्ने तेलको गुणस्तर Total Polar Material उपकरणद्वारा जाँच गरिएको थियो । जाँचमा दुई रेष्टुरेन्टको तार्ने तेल मापदण्डविपरीत रहेको पाइएपछि व्यवसायीको रोहवरमा २२ लिटर र ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरिएको छ ।
यस्तै, मिठाई पसलको नमुना सङ्कलन गरी परीक्षण गर्दा सबै मिठाईहरू मापदण्डअनुरूप रहेको पाइएको छ ।
टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न, एप्रोन, हेयरनेट र मास्क अनिवार्य प्रयोग गर्न तथा कानुनसम्मत ढङ्गले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।
विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । साथै, सबै व्यवसायीहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन आह्वान गरेको छ ।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...