२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

महानगरपालिकाद्वारा खाद्य अनुगमन : वसन्तपुर र इन्द्रचोकमा गरि ३१ लिटर अखाद्य तेल नष्ट

महानगरपालिकाद्वारा खाद्य अनुगमन : वसन्तपुर र इन्द्रचोकमा गरि ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ ।

महानगरको कृषि तथा पशुपन्क्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार वटा रेष्टुरेन्ट र एक मिठाई पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा चार वटा रेष्टुरेन्टमा प्रयोग भएको तार्ने तेलको गुणस्तर Total Polar Material उपकरणद्वारा जाँच गरिएको थियो । जाँचमा दुई रेष्टुरेन्टको तार्ने तेल मापदण्डविपरीत रहेको पाइएपछि व्यवसायीको रोहवरमा २२ लिटर र ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरिएको छ ।

यस्तै, मिठाई पसलको नमुना सङ्कलन गरी परीक्षण गर्दा सबै मिठाईहरू मापदण्डअनुरूप रहेको पाइएको छ ।

टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न, एप्रोन, हेयरनेट र मास्क अनिवार्य प्रयोग गर्न तथा कानुनसम्मत ढङ्गले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । साथै, सबै व्यवसायीहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन आह्‌वान गरेको छ ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ भाद्र १०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP