२०८२ फाल्गुन ४
February 16, 2026, Monday

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ

काठमाडौं, भदौ ५ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । पानसमा दीप प्रज्वलन गरी गृहमन्त्री लेखकले दुई दिने सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नेपाल प्रहरीका प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा र जुनी राईलाई सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा सम्मेलन विशेषाङ्क विमोचन, ब्यानरमा हस्ताक्षर तथा महिला प्रहरी सम्बन्धी गीतको शुभारम्भ समेत गरिएको थियो । गृहमन्त्री लेखकले सम्बोधन गर्दै महिला प्रहरीहरूको सक्रिय भूमिकाले अपराध नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षासहित सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । उहाँले महिला प्रहरीलाई अझ अवसर प्रदान गर्दै समानता, सशक्तिकरण र सम्भावनाको क्षेत्रमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, सचिव लक्ष्मी कुमारी बस्नेत तथा British Embassy, Kathmandu की Acting Deputy Head of Mission Ms. Camilla Sugden लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक दिपक थापाले सम्मेलनलाई ऐतिहासिक माइलस्टोनको रूपमा उल्लेख गर्दै महिला प्रहरीको गुणात्मक र नेतृत्वदायी सहभागिता बढाउन यसले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरी श्रीमती संघ, अतिरिक्त महानिरीक्षकहरू, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

साथै सातै प्रदेशस्थित महिला प्रहरीहरूको भर्चुअल सहभागिता पनि रहेको थियो । नेपाल प्रहरीले लैङ्गिक नीति, २०८१ अन्तर्गतको कार्यनीति कार्यान्वयन गर्ने क्रममा केन्द्रीय स्तरमा पहिलो पटक यस्तो सम्मेलन आयोजना गरेको हो ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP