२०८२ कार्तिक २३
November 9, 2025, Sunday

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ

काठमाडौं, भदौ ५ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । पानसमा दीप प्रज्वलन गरी गृहमन्त्री लेखकले दुई दिने सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नेपाल प्रहरीका प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा र जुनी राईलाई सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा सम्मेलन विशेषाङ्क विमोचन, ब्यानरमा हस्ताक्षर तथा महिला प्रहरी सम्बन्धी गीतको शुभारम्भ समेत गरिएको थियो । गृहमन्त्री लेखकले सम्बोधन गर्दै महिला प्रहरीहरूको सक्रिय भूमिकाले अपराध नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षासहित सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । उहाँले महिला प्रहरीलाई अझ अवसर प्रदान गर्दै समानता, सशक्तिकरण र सम्भावनाको क्षेत्रमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, सचिव लक्ष्मी कुमारी बस्नेत तथा British Embassy, Kathmandu की Acting Deputy Head of Mission Ms. Camilla Sugden लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक दिपक थापाले सम्मेलनलाई ऐतिहासिक माइलस्टोनको रूपमा उल्लेख गर्दै महिला प्रहरीको गुणात्मक र नेतृत्वदायी सहभागिता बढाउन यसले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरी श्रीमती संघ, अतिरिक्त महानिरीक्षकहरू, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

साथै सातै प्रदेशस्थित महिला प्रहरीहरूको भर्चुअल सहभागिता पनि रहेको थियो । नेपाल प्रहरीले लैङ्गिक नीति, २०८१ अन्तर्गतको कार्यनीति कार्यान्वयन गर्ने क्रममा केन्द्रीय स्तरमा पहिलो पटक यस्तो सम्मेलन आयोजना गरेको हो ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ भाद्र ६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP